एबीसी प्रक्षेपण : काँग्रेस पहिलो (२९२), दोस्रो एमाले (१८५) , तेस्रो माओवादी केन्द्र (११८)


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार सात वटै प्रदेशमा नेपाली काँग्रेसले कम्तीमा २९२, नेकपा एमालेले कम्तीमा १८५ र नेकपा माओवादी केन्द्रले कम्तीमा ११८ स्थानीय तहमा जीत हासिल गर्ने अनुमान गरिएको छ ।

तीब्र प्रतिस्पर्धा हुने ८१ स्थानहरु समेत जोड्दा  नेपाली काँग्रेसले २९२ देखी ३२६ , नेकपा एमाले १८५ देखी २०९, नेकपा माओवादी केन्द्र ११८ देखी १४२ जनता समाजवादी पार्टीले ४१–५८, लोकतान्त्रिक समाजवादी, ११ देखी १८, नेकपा एकीकृत समाजवादी १३ देखी २३, राष्टिय जनमोर्चा ५, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखी ८ र अन्यले ४ देखी ८ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ८१ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले ६० देखी ७० नेकपा एमाले ३६ देखी ४० नेकपा माओवादी केन्द्र १५ देखी १६ जनता समाजवादी पार्टीले २–४, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी १ देखी २, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा २० स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर २ (मधेश प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले ४५ देखी ५० नेकपा एमाले २३ देखी २५ नेकपा माओवादी केन्द्र १६ देखी १८ जनता समाजवादी पार्टीले २७ –३५, लोकतान्त्रिक समाजवादी, ८ देखी १२, नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १५ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ३ (बाग्मती प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार बाग्मती प्रदेशमा नेपाली काँग्रेसले ४० देखी ४४ नेकपा एमाले ४३ देखी ५० नेकपा माओवादी केन्द्र १८ देखी २० जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, १ देखी २ स्थानमा र अन्य १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १४ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ४ (गण्डकी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ४६ देखी ५० नेकपा एमाले २३ देखी २५ नेकपा माओवादी केन्द्र ५ देखी ८ जनता समाजवादी पार्टीले २ –३, लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी ० राष्टिय जनमोर्चा २, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी ० स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ३९ देखी ४२ , नेकपा एमाले २९ देखी ३०, नेकपा माओवादी केन्द्र २० देखी २५, जनता समाजवादी पार्टीले ९ –१५, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी १ देखी २, राष्टिय जनमोर्चा ३, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्य १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ६ (कर्णाली प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले २० देखी २३ नेकपा एमाले १३ देखी १६ । नेकपा माओवादी केन्द्र २७ देखी ३३ जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ०, नेकपा एकीकृत समाजवादी ५ देखी ७, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्यले १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १३ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प नेपाली काँग्रेसले ४२ देखी ४७, नेकपा एमाले १८ देखी २३, नेकपा माओवादी केन्द्र १७ देखी २० जनता समाजवादी पार्टीले १ –२, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्यले १–२ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पूर्व निर्वाचन आयूक्त सूर्य प्रशाद श्रेष्ठ राजीतिक विश्लेषक, श्याम श्रेष्ठ र एबीसी न्यूजका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेल र एबीसी न्यूजका करेन्ट अफेयर्सका प्रस्तोता किशोर पन्थी हुनुहुन्थ्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com