कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग
प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार
Ho]i7 gful/snfO{ dtbfg ug{ n}hfFb} /fdk’/, #) j}zfv M kfNkf /fdk’/sf] b/}7fF6L dflj dtbfg s]Gb|df Ho]i7 gful/snfO{ af]s]/ n}hfFb} . Tf:jL/ M ;’zLnf /]UdL÷/f;;
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
अहिले अपराह्न २ बजेसम्म ९५ प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो ।
कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।
शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।






