यसरी थाहा पाउनुहोस् आफ्नो वर्क परमिटको म्याद १८ महिना स्वत थपिएको/नथपिएको


प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार

एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि दिएको आवेदन पेन्डिङ रहेको बेला वर्क परमिटको अवधि अब स्वत १८ महिना थपिने नियमसँगै अब अनलाइनबाट आफ्नो वर्क परमिटको अवधि थपिएको नथपिएको थाहा पाउन सकिने भएको छ । अनलाइनबाट अध्यागमन अवस्था हेर्न सकिने युएससीआईएसको प्रणाली सेभमार्फत आफ्नो वर्क परमिटको अवधि लम्बिएको वा नलम्बिएको हेर्न सकिने भएको छ ।

वर्क परमिटमा उल्लेख भएको म्यादभन्दा १८ महिना स्वत म्याद थपिने भएको रोजगारदाताले पनि यो प्रणालीबाट कामदारको वर्क परमिट अद्यावधिक रहे नरहेको थाहा पाउन सक्नेछन् । यो प्रणालीबाट आई २०, आई ९४, ग्रिनकार्ड र वर्क परमिटको म्याद हेर्न सकिन्छ ।

आफ्नो कागजातको म्याद थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

विगतमा यो प्रणालीबाट वर्क परमिटको म्याद हेर्दा पुरानो म्याद देखिएकाहरुले अहिले चेक गरेको खण्डमा नयाँ म्याद देख्न सक्नेछन् । संघीय अध्यागमन रेकर्डमा आफ्नो अवस्था नदेखिएको खण्डमा अमेरिकामा काम गर्नका लागि थप कागजात पेश गर्नुपर्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबारदेखि लागु हुनेगरी युएससीआइएएसले वर्क परमिटको आवेदन पेन्डिङ रहेको बेला वर्क परमिटको अवधि १८ महिना स्वत लम्बिने व्यवस्था गरेको हो । विगतमा १८० दिनमात्र स्वत लम्बिने प्रावधान रहेकोमा उक्त अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाएको हो ।

नविकरणका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा रहेको बेलामा आवेदकलाई वर्क परमिटविहिन हुन नदिन युएससीआईएसले अवधि बढाउने नियम ल्याएको हो ।

वर्क परमिटको अवधि समाप्त हुनुभन्दा ६ महिनाभित्र आवेदन दिनुपर्ने र म्याद सकिएको १८० दिनसम्म वर्क परमिटले काम गर्ने भएतापनि यो १२ महिनाको अवधिमा पनि युएससीआईएसले कैयन आवेदकका वर्क परमिट नविकरण गर्न सकेन । जसका कारण वर्क परमिट नविकरणको आवेदन दिएका कैयन आवेदक वर्क परमिट विहिन बन्न पुगे ।

नयाँ नियमले यो समस्यालाई सम्बोधन गरेको छ । अर्थात् अब उनीहरुको वर्क परमिटले म्याद सकिएको मितिले १८ महिनासम्म काम गर्नेछ । मे ४ सम्म वर्क परमिटको आवेदन पेन्डिङ रहेकाहरुले १८ महिना म्याद थपिएको विवरणसहितको रिसिप्ट प्राप्त गर्ने छैनन् । तर १८० दिनको म्याद थपिएको फर्म ७९७ सी सुचना प्राप्त गरेकाहरुले म्याद सकिएको वर्क परमिटका साथमा उक्त सुचना एकसाथ राखेको खण्डमा १८ महिनाको म्याद प्राप्त गर्ने युएससीआईएसले जनाएको छ ।

वर्क परमिटको म्याद सकिएकाहरुको १८० दिनको म्याद थपको अवधि पूरा भइसकेको भएतापनि उनीहरुको वर्क परमिट आवेदन पेन्डिङ रहेको अवस्थामा उनीहरुको पूरानो वर्क परमिटको म्याद मे ४ देखि स्वत एकबर्ष थपिनेछ । त्यसैले बीचमा वर्क परमिट विहिन भएकाहरुले मे ४ पछि काम सुरु गर्न सक्नेछन् ।

पछिल्ला दिनमा युएससीआईएसले स्वास्थ्यकर्मीहरु र बालबालिकाहरुको हेरचाह गर्नेहरुले वर्क परमिटको छिटो नविकरणका लागि अनुरोध गर्नसक्ने नियम ल्याएको थियो । तर अन्यका सन्दर्भमा भने युएससीआईएसले नविकरणमा लामो समय लगाउँदा काम नै गुमाउनुपर्ने अवस्था समेत आएको थियो । यो स्थीतिको अन्त्य गर्न युएससीआईएसले १८ महिना म्याद थप्ने नियम ल्याएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com