एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार


प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार

नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ । भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ । उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारू, नेपालगञ्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टीकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा सावित्रादेवी अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बू, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा सङ्गीता चौधरी, कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ । यसैगरी कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com