अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि फाइल गर्नुपर्छ ट्याक्स


प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार

अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि ट्याक्स फाइल गर्नुपर्छ । अमेरिकामा अस्थायीरुपमा आएका विद्यार्थीहरु, प्रशिक्षार्थी, विद्वानहरु, अनुसन्धानकर्ताहरु, एक्सचेन्ज भिजिटर लगायतले पनि निश्चित मापदण्डभित्र परेको खण्डमा ट्याक्स फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ ।

विद्यार्थी लगायतका गैरआवासीय व्यक्तिका लागि कतिसम्म आम्दानी हुनेले ट्याक्स फाइल गर्नुपर्छ भन्ने कुनै मापदण्ड छैन । आईआरएसका अनुशार स्कलरसिप वा फेलोसिपबापत कर लाग्ने रकम प्राप्त गरेकाहरु वा अन्य कुनै प्रकारको कर लाग्ने आम्दानी गरेकाहरुले कर तिर्नुपर्छ ।

तर विदेशी श्रोतबाट मात्र आम्दानी गरेकाहरु र अमेरिकाको बैंक, बित्तिय संस्था वा इन्सुरेन्सबाट ब्याज प्राप्त गरेका अन्तर्राष्ट्रिय विद्यार्थी वा गैर आवासीय व्यक्तिहरुले भने अमेरिकामा ट्याक्स फाइल गर्नु पर्दैन । त्यस्तै ट्याक्स नलाग्ने फेलोसिप वा स्कलरसिप पाएकाहरुले पनि ट्याक्स फाइल गर्नु पर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले १०४० एनआर वा १०४० एनआर ईजी फर्म भरेर आईआरएसमा ट्याक्स फाइल गर्नुपर्छ । तर उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म भने भर्न नहुने आईआरएसले चेतावनी दिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com