३० हजार डलरसम्म लिएर ग्रिनकार्डका लागि सयौं नक्कली विवाह गराउने ११ जना पक्राउ


प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार

३० हजार डलरसम्म लिएर ग्रिनकार्डका लागि सयौं नक्कली विवाह गराउने ११ जनाविरुद्ध अमेरिकामा मुद्दा दायर गरिएको छ । संघीय अभियोजनकर्ताहरुले उनीहरुबिरुद्ध मुद्दा दायर गरेका हुन् ।

विवाहको बैधता सम्बन्धि प्रावधानबाट समेत उन्मुक्ति पाउन कतिपय आवेदनमा आफ्ना ग्राहकहरु घरेलु हिंशाका शिकार भएको समेत उनीहरुले उल्लेख गरेको जनाइएको छ । घरेलु हिंशाको शिकार भएको देखाएर दम्पत्तिको सहमतिविना नै ग्रिनकार्ड फाइल गर्ने वातावरण बनाएको अदालतमा पेश गरिएको कागजातमा जनाइएको छ ।

उनीहरुले नक्कली विवाहको धन्दा सन् २०१६ को अक्टोबरदेखि सुरु गरेको जनाइएको छ । यसको खुलासा भने गत महिनामात्र भएको थियो । त्यसपछि गत बिहिबार उनीहरु पक्राउ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एघारमध्ये ६ जना फिलिपिनोहरु रहेको र लस एन्जसलमा बस्दै आएको जनाइएको छ । त्यस्तै एकजना ब्राजिलियन रहेको र अरु सबै अमेरिकी नागरिक रहेको जनाइएको छ ।

उनीहरुले झण्डै ४ सयजना ग्राहकबाट लाखौं डलरक आम्दानी गरेको अभियोजनकर्ताहरुको दावी छ । उनीहरुले अमेरिकाको अध्यागमन कानूनको दुरुपयोग गरेको दावी अदालतको कागजातमा गरिएको छ ।

हरेकविरुद्ध नक्कली विवाह र अध्यागमन जालसाजीको मुद्दा दायर गरिएको छ । दोषी ठहर भएको खण्डमा ५ बर्ष कैद, ३ बर्ष निगरानीमा रिहा र साढे २ लाख डलरसम्म जरिवाना हुनसक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com