युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या अहिलेसम्मकै कम, एकबर्षमा १६ जना


प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या अहिलेसम्मकै कम देखिएको छ । एकबर्षमा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीको संख्या जम्मा १६ रहेको छ ।

आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ३६ मात्र रहेकोमा सन् २०२० मा जम्मा १६ जनामात्र रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यो संख्या २० बर्षयताकै सबैभन्दा कम हो ।

सन् २००० मा युससीआइएसबाटै एसाइलम पाउने नेपालीको संख्या १८ मात्र रहेको थियो भने सन् २००१ मा २१ रहेको थियो । त्यसपछि सन् २००२ मा ६९ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाएका थिए । सन् २००२ मा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो भने मुलुकमा संकटकाल लागु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अमेरिकामा एसाइलम पाउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । सन् २००३ मा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरु १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८ र सन् २००६ मा २११ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाए । सन् २००६ मा माओवादी शान्ति प्रकृयामा आएको थियो ।

सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । सन् २०१० मा ४०८ र सन् २०११ मा ४१५ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । त्यसपछि सन् २०१२ मा ५८० जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेका थिए ।

त्यसपछि भने युएससीआईएसबाटै एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या घट्दै गयो । सन् २०१३ मा ४७४, सन् २०१४ मा २६३, सन् २०१५ मा ३५५, सन् २०१६ मा २३६, सन् २०१७ मा १४७, सन् २०१८ मा ९१ जना नेपालीहरुले युएससीआईएसबाट एसाइलम पाए ।

ट्रम्प कार्यकालमा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरुको संख्या ३ सयको हाराहारीमा मात्र रहेको छ । ओबामा कार्यकालका ८ बर्षमा ३ हजार भन्दा धेरै नेपालीहरुको युएससीआइएसबाटै एसाइलम स्वीकृत भएको थियो ।

सन् २००० भन्दा अगाडि युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या निकै कम रहेको थियो । सन् १९९९ मा १३ जना, सन् १९९८ मा १७ जना, सन् १९९७ मा ३ जना र सन् १९९६ मा ४ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

यसमा युएससीआइएसबाट अदालतमा रिफर गरिएका नेपालीहरुको तथ्यांक भने समावेश छैन । साथै मेक्सिकोको सिमाक्षेत्रबाट आएर अदालतबाट एसाइलम स्वीकृत हुनेहरुको संख्या पनि समावेश छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com