विगतमा देशनिकालाको आदेश पाएका निश्चित टीपीएसवाहकले ग्रिनकार्ड आवेदन दिनपाउनेबारे स्पष्ट


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

विगतमा देशनिकालाको आदेश पाएका निश्चित टीपीएसवाहकले देशनिकाला खारेज गराउन पाउने र ग्रिनकार्डका लागि आवेदन दिनसक्नेबारे युएससीआईएसले स्पष्ट पारेको छ । विगतमा देशनिकालाको आदेश पाएका तर टीपीएसमा भएको बेलामा एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर आएकाहरुले यो सुविधा पाउनेछन् ।

तर तपाईले विगतमा पाएको देशनिकालाको आदेशका कारण तपाईको स्टाटस समायोजनको आवेदनमा युएससीआईएसको क्षेत्राधिकार हुनुहुँदैन । यस्तो अवस्थाका व्यक्तिको ग्रिनकार्ड वा स्टाटस समायोजन आवेदन दिने आशय भएमा वा आवेदन दिएको भएमा वा युएससीआईएसको क्षेत्राधिकार नभएको भन्दै आवेदन अस्वीकृत भएको भएमा उनीहरुले आइसको कार्यालयमा प्रमुख कानुनी सल्लाहकार समक्ष देशनिकालाको आदेश खारेज गराउने प्रकृया पुन खोल्ने संयुक्त प्रस्तावमा सहभागी हुनका लागि अनुरोध गर्नसक्छन् ।

यदि आवेदकले पहिले नै युएससीआईएस समक्ष स्टाटस समायोजन वा ग्रिनकार्डका लागि आवेदन दिएको तर क्षेत्राधिकार नभएका कारणमात्र वा क्षेत्राधिकार नभएको र विगतको देशनिकालाको आदेशमात्र आवेदन अस्वीकृत भएको खण्डमा आवेदकको विगतको देशनिकालाको आदेश खारेज हुने युएससीआईएसले जनाएको छ । त्यस्ता आवेदकहरुले नयाँ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गन वा पहिले फाइल गर्दा अस्वीकार भएको आवेदन पुन खोल्ने आई २९० बी आवेदन पेश गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी फाइल गर्दा आई २९० बी आवेदनको पहिलो पेजको सुरुमा नै टीपीएस रिमुभल अर्डर लेख्न युएससीआईएसले सुझाव दिएको छ । यस्तो लेखेको खण्डमा आवेदन पहिचान गर्न युएससीआईएसका अधिकारीलाई सहज हुने र समयमा फाइल नगरेको भन्दै अस्वीकृत हुने सम्भावना नहुने जनाइएको छ । युएससीआईएसले ती टीपीएसवाहकका तोकिएको समय नाघिसकेका आवेदनहरु समेत स्वीकार गर्ने स्पष्ट पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com