अमेरिकाले जीर्णोद्धार गरेको ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला


प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गर्नुभएको हो ।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर विसं २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।

त्यसैगरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित १०० वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गर्नुभएको हो । तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो ।

बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ । त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ । गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि हाल यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com