म्यादी प्रहरीमा किसानदेखि विद्यार्थीसम्मको आवेदन


प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार

DofbL k|x/Ldf o’jfsf] cfsif{0f a9bf] ;Kt/L, & r}t M cfufdL :yfgLo txsf] lgjf{rgsf nfluDofbL k|x/Lsf] cfj]bg v’nf ul/Pkl5 ;Kt/Lsf] /fhlj/fhl:yt /Ëzfnfdf cfj]bg kmf/fd eg{ cfPsf o’jfsf] eL8 . t:jL/ M gfgLd}of s6jfn÷/f;;

धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिनुभयो । सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उहाँले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएको बताउनुभयो । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिनुभयो ।

“मेरै आफन्त मात्रै यहाँ म्यादीमा भर्ना हुन छ÷सात जनाभन्दा बढी आएका छन्”, उहाँले भन्नुभयो, “पछि गएर प्रहरीमा भर्ना हुन सहज होला भन्ने सोचेर म्यादीका लागि आएकी हुँ ।” उहाँसँगै म्यादी प्रहरीमा भर्ना हुन महेन्द्रनगर पुगेकी शुक्लाफाँटाकै सङ्गीता चौधरीले म्यादी हुने रहरले भर्ना हुन आएको बताउनुभयो । प्रमाणपत्र तहमा अध्ययनरत सङ्गीताले म्यादीबाट आउने तलब सुविधाले केही समय खर्च चल्ने आसले आएको बताउनुभयो । “घरबाट पनि भर्ना हुन जान सहमति दिए”, चौधरीले भन्नुभयो, “अनुभव पनि होला भनेर आएँ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी भर्ना आवेदन खुलेयता दैनिक ५०० देखि एक हजार आवेदनका लागि धाइरहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी भर्ना आवेदन खुला गरेसँगै कञ्चनपुरका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ ।

यहाँको शुक्लाफाँटा–१ बन्साहका गोविन्दा राना थारुले पाँचौँ पटक आज म्यादीका लागि दरखास्त दिनुभयो । “विसं २०४८ यता प्रायः निर्वाचनमा मेरो म्यादी भएर खटिएको अनुभव छ”, ५२ वर्षीय रानाले भन्नुभयो, “अब उमेर पनि अन्तिम भएकाले फेरि भर्ना हुन आइहालेँ ।” उहाँले भर्नामा पूर्वसुरक्षाकर्मीका साथै पूर्व म्यादी प्रहरीलाई पनि छनोटमा ग्राह्यता मिल्नेमा आशावादी रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अहिलेसम्म भर्ना हुँदा तोकिए र निर्देशनबमोजिम ड्युटी गर्दै आएँ”, उहाँले भन्नुभयो, “अहिले खेतीपातीको काम पनि खासै नभएकाले भर्नाका लागि आएँ ।” शुक्लाफाँटाकै ५३ वर्षीय जयलाल डगौँरा पनि दोस्रो पटक म्यादी हुन जिल्ला प्रहरीमा पुगेका छन् । “अब उमेरले पनि अर्को पटक दिन मिल्दैन, घरमा कामकाज नभएपछि म्यादीका लागि आएँ”, उहाँले भन्नुभयो, “यसअघि विसं २०७४ मा पनि म्यादी थिएँ ।” गाउँमा खेती किसानी गर्ने चौधरीसँगै गाउँबाट धेरै युवा पनि म्यादी भर्नाका लागि यहाँ आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ एक हजार ४०० भन्दा बढी सङ्ख्यामा म्यादी भर्ना गरिनेछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले तीन दिनमा दुई हजार ५७० ले म्यादी भर्नाका लागि आवेदन दिएको बताउनुभयो ।

“यहाँ पूर्वप्रहरीदेखि पहिलेका म्यादी र युवा पुस्ता गरी सबै भर्नाका लागि आएका छन्”, उहाँले भन्नुभयो, “आवेदन समय सकिएपछि छनोट प्रक्रिया सुरु हुनेछ ।” उहाँले भर्नाका लागि छुट्टै डेस्क नै खडा गरिएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com