निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ ।

सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष प्रचण्डले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

“अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन्”, उहाँले भन्नुभयो, “आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।” अध्यक्ष दाहालले हामीले गठबन्धलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौँ तर कांग्रेसभित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने बताउनुभयो ।

“स्थानीय तहको निर्वाचनमा कांग्रेस तालमेल गर्न तयार भए आफूहरु पनि तयार छौँ, तर कांग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनाबमा जान्छौँ”, उहाँले भन्नुभयो, “त्यसैले कसरी जाने भन्ने कुरा कांग्रेसकै हातमा छ ।” हामी आफ्नै खुट्टामा उभिएर चुनाबी परिणाम ल्याउने गरी तयारी गरिरहेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने बिषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैं सत्तासाझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताउनुभयो ।

“मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन”, उहाँले भन्नुभयो, “केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।” अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विद्येयक र रेलसम्बन्धी विद्येयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिनुभयो ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com