मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ


प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार

मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका उहाँले बताउनुभयो । उनले एक हजार २६८ ग्राम रहेको सुन लुकाएर ल्याएका थिए । उक्त सुनको मूल्य रु एक करोड आठ लाख ४९ हजार रहेको जनाइएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com