गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अबको ४१ दिनपछि उडान–अवतरण


प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो ।

आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट नै उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ ।

उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि काम भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल हो । यस विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “भैरहवामा आगामी बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी काम सुरु भएको छ, सम्भवतः तोकिएकै समयमै काम सुरु गर्छौँ ।”

पछिल्लो सयम नेपाल नागरिक उड्डयन प्राधिकरणको भैरहवा विमानस्थल सञ्चालनको तयारीका लागि आवश्यक पर्ने कामध्यान केन्द्रित भएको र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले अब सहजै अनुमति पाउने भएका छन् ।

सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् । विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अब चाँडै गौतमबुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रमाणपत्र पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com