अवसर र लाभको बहानामा ठगी गर्ने बढेका छन्,तपाईसँग त्यस्ता सूचना भए भन्नुहोला : गृह मन्त्रालय


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथी भाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो ।

त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी एकाइमा जानकारी गराउन पनि मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ । त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा कानूनबजोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरुवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने, उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने क्रियाकलापप्रति सचेत हुने भनेको छ ।

यस्तै मन्त्रालयले डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने, ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैधरूपमा गतिविधि गर्ने, मिटर ब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने जस्ता क्रियाकलाप पनि गैरकानूनी भएकाले सचेत हुन आग्रह गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com