महाशिवरात्रि पर्वमा ‘जलधारी’ गरिँदै


प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार

मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर ‘जलधारी’ गर्दैछन् । भगवान् शिवलाई पवित्र जल र दूधको धाराले स्नान गराउने परम्परालाई मिथिलामा ‘जलधारी’ भन्ने गरिएको हो । त्यस्तै जौँ, बेलपत्र र धतुरो भगवान् शिवका अतिप्रिय वस्तु रहेका विश्वासमा अर्पण गर्ने हिन्दू मैथिल परम्परा छ ।

पर्वका अवसरमा महोत्तरीको अति प्राचीन जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा मध्यरातयता दर्शनार्थी भक्तजनको अपार भीड देखिँदो छ । बितेका पछिल्ला दुई वर्ष कोरोना महाव्याधिको जगजगीले महाशिवरात्रि पर्व पनि प्रभावित भएको थियो । तेस्रो वर्ष पर्व मनाइरहँदा आम श्रद्धालुले महाव्याधि कष्ट निवारण गर्न भगवान् शिवको पुकारा गरेका सुनिन्छ ।

श्री जलेश्वरनाथ अनादिकालमा भगवान शिव आफैँले प्रतिस्थापित गर्नुभएको महालिङ्ग भएको शिव पुराणमा वर्णन छ । त्यसैगरी जिल्लाकै बर्दिवास–५ स्थित चुरे पर्वत काछको श्री टुटेश्वरनाथ मन्दिरमा हजारौँ श्रद्धालु मन्दिर परिसरमा ‘जयशम्भो’ भन्दै जलधारा गर्न आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध छन् । पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमीटर सघन वनक्षेत्र पैदलयात्रा गरेपछि पुगिने चुरे पहाडी शृङ्खलाअवस्थित टुटेश्वरनाथ मन्दिरमा वर्षेनी लाखौँ दर्शनार्थी धार्मिक प्रयोजनले पुग्ने गरेका बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगर बताउनुहुन्छ ।

यस्तै भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्री मङ्गलनाथ र जिल्लाका २० भन्दा बढी शिवालयमा ‘जलधारी’ गर्नेहरूको घुइँचो छ । महाशिवरात्रि पर्वसँगै जोडिएर मिथिलामा मिथिला माध्यमिकी परिक्रमा र लगत्तै सँगसँगै फागु ९होली० पर्व मनाइने परम्परा हुँदा महाशिवरात्रिलाई धार्मिक र सांस्कृतिक उत्सवको प्रारम्भका रूपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस०का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्वका अवसरमा श्रद्धालुले चढाउने पूजा सामग्रीको महाशिवरात्रि मेलामा राम्रो व्यापार चलेको छ । फूल, बेलपत्र, जौँ र धतुराको फूल र फल बेचेर नै आज सामान्य गरिबले मनग्गे आम्दानी गरेका छन् । त्यसैगरी भाकलमा भाण्टाको भार चढाउने मैथिल परम्परा छ । यो भाकलसँग जोडेर पर्वमा भाण्टाको भारको बिक्री पनि निकै देखिन्छ । मिथिलामा महाशिवरात्रिका दिन शिवलिङ्गमा ‘जलधारी’ गरेर उपवास बस्ने परम्परा छ । महाशिवरात्रिको उपवासले इच्छित फल प्राप्त हुने र मृत्युपछि कैलाशवास हुने विश्वास गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com