कतारमा नाकाबन्दी : नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ ।

‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ । उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले कान्तिपुरलाई भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सुचना मात्रै दिइएको छ ।’ रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी पर्ख र हेरको अवस्थामा छन ।

जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाई र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।

नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ । रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाईमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाई छ । ‘रोजगारदाता कम्पनी पछिल्लो कतारको अवस्थाबारे केही बताएको छैन्,’ पराजुलीले भने, ‘उनीहरु पर्ख र हेरको अबस्थामा छन् कि जस्तो लाग्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतारको बदलिदो अवस्थाले वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली कामदार पनि अन्यौलमा छन् । ‘जुन २६ र जुलाई ५ तारिखको लागि अन्तर्वार्ता राखेको छु । एउटै कम्पनीको लागि तीनसय कामदार पठाउँदैछु,’ ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक लक्ष्मण विश्वकर्माले भने,‘जान इच्छुक कामदारको मनमा अलिअलि हिचकिचावट रहेको पाएँ ।’

पूर्व श्रमस्वीकृति उस्तै, अन्तिममा गिरावट
वैदेशिक रोजगार कार्यालयका अनुसार कामदार लैजानको लागि सरकारसँग लिने अनुमति (पूर्व श्रमस्वीकृति) मा कुनै गिरावट आएको छैन् । पुर्व श्रमस्वीकृतिको अनुमति लिएपछि मात्रै म्यानपावरले कामदारको छनोट/भर्ना गर्नको लागि प्रक्रिया अगाडि बढाउन पाउँछन् । म्यानपावरहरुले जुन ५ देखि शुक्रबारसम्म २६ हजार ९ सय ९५ जनालाई भर्ना गर्न अनुमति लिइसकेको छ । त्यो लिदैमा पठाउनु नै पर्छ भन्ने छैन । पुर्व श्रमस्वीकृति लिएपछि मात्रै अन्तिम श्रमस्वीकृतिको ढोका खुल्छ ।
शुक्रबार मात्रै ३ हजार ३ सय ५० जनालाई भर्ना गराउने अनुमति लिएका छन् । तर, अन्तिम श्रम स्वीकृति निकै कम म्यानपावरले लिएका छन् । वैदेशिक श्रम कार्यालयका अनुसार दुई सातामा जम्मा ३ हजारले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन ।

‘शुक्रबार जम्मा १ सय ५१ ले मात्रै अन्तिम श्रमस्वीकृति लिए,’ कार्यालयका प्रमुख तेजराज पाण्डेले कान्तिपुरसँग भने, ‘यो सामान्य अवस्था भन्दा ५० प्रतिशत कम हो ।’ उनका अनुसार जुन ५ भन्दाअघि सरदर ४ सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थ्ये । रमजानको महिनामा रमजानका कारण पनि केही घटेको हुन सक्ने उनको अनुमान छ । ‘अरब देशमा रामजानको महिना काम एकदमै कम हुन्छ,’ पाण्डेले भने, ‘तीन/चार महिनादेखि कतार जाने कामदारमा गिरावट आइरहेको देखिन्छ । अहिले ठूलो गिरावट आउनुमा बदलिएको अवस्थाले पनि असर गरेको देखिन्छ ।’

कतारमै कम्पनी खोलेर ब्यवसाय गर्दै आएका ओशोका सञ्चालक विश्वकर्मा अनुसार रमजान महिनामा श्रमस्वीकृति घट्दैमा प्रभाव आएको भन्न मिल्दैन । ‘जहिले पनि रमजानपछि कामले गति लिन्छ । रमजानपछि पनि यही अवस्था रहिरहे मात्रै नाकाबन्दीको प्रभाब मानिन्छ,’ उनले भने, ‘धेरै प्रोजेक्ट रमजानपछि कम्पनीको हात पर्छ ।’

पाण्डेका अनुसार कतार काम बिदामा आएकाहरु फर्किने क्रम पनि केही कम भएको छ । ‘शुक्रबार बिदामा आएका तीनसय कामदारले श्रम स्वीकृति लिएकोमा ६० जना मात्रै कतार जानेछन्,’ उनले भने, ‘बिदामा आएकाहरु पनि फर्किहाल्न तयार भएको देखिन्न ।’

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com