प्राकृतिक सुन्दरताले भरिएको यु आकारको बराह ताल


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

dgdf]xs a/fx tfn unsf]6, @ kmfu’g . afun’ª lhNnfsf] tdfgvf]nf ufpFkflnsf–@ d’7frf}/df /x]sf] dgdf]xs a/fx tfn . tfn ;d’Gb|L ;txb]lv tLg xhf/ ld6/sf] prfOdf /x]sf] 5 . tfnsf] ;+/If0f / k|a{4gdf clxn] tdfgvf]nf ufpFkflnsfn] rf;f] b]vfPsf] 5 . t:jL/ M v]d/fh uf}td, /f;;

 

खेमराज गौतम/ समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पखाइमा छ । घना जङ्गलको बीचमा रहेको ताल प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण छ ।

ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन भने सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।

बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवद्र्धन गर्न थालेको छ । धार्मिक महत्वसँगसमेत जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन । भौगोलिक जटिलता, घना जङ्गल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको निकै फराकिलो बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवद्र्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचारप्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला–२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिनुभयो ।

“पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ”, छन्त्यालले भन्नुभयो, “प्राकृतिकरुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।”

फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ । तालमा हिउँदका समयमा सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बुढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माणसमेत गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

“गाउँपालिकाको गुरुयोजनामा बराह तालका विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रवद्र्धनात्मक कामसमेत गर्दै आएको छ पर्यटकको पर्खाइमा रहेको बराह तालमा कुनै दिन खचाखच पर्यटक भित्रिनेछन् ।” तालको गहिराइ भने हालसम्म मापन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

धार्मिक महत्व बोकेको सो ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पु¥याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताउनुभयो । खोलसबाङबाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पु¥याउन सके पर्यटक लैजान सहज हुने छन्त्यालको भनाइ छ । “यो तालको मनमोह रुप र धार्मिक महत्व हामीले बुझाउन सकेनौँ, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ”, छन्त्यालले भन्नुभयो, “बागलुङकै आकर्षक तालका रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्र्याउनु हाम्रो मुख्य योजना छ ।”-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com