एमसिसी अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल


प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताउनुभएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताउनुभयो ।

जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले मुलुकको राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले आफूहरुले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिष्ट आन्दोलनको निरन्तरतास्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरङ्ग पैदा गरेको उल्लेख गर्नुभयो ।

वर्तमान गठबन्धन तीन तहको निर्वाचनमा मिलेर जान पटक पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरुको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रियसभा निर्वाचनले लक्षित गरिसकेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभयो ।

पार्टीको केन्द्रीय कार्यालयमा आज नेकपा (एमाले)मधेस प्रदेश कमिटी सदस्य नरबहादुर स्याङ्तान, नेकपा ९एमाले० नेता तेजप्रसाद अधिकारी, सुवर्णप्रसाद पौडेल र जसपाका नेता जयकुमार झालाई टीका र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा नेता स्याङ्तानले एमाले अब कम्युनिष्ट नरहेको भन्दै सबै इमान्दार नेता तथा कार्यकर्ताहरुलाई त्यो भ्रमबाट मुक्त हुन र एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com