अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले कस्ले ट्याक्स फाइल गर्नुपर्छ? कस्ले पर्दैन ?


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

white printed paper

अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि ट्याक्स फाइल गर्नुपर्छ । अमेरिकामा अस्थायीरुपमा आएका विद्यार्थीहरु, प्रशिक्षार्थी, विद्वानहरु, अनुसन्धानकर्ताहरु, एक्सचेन्ज भिजिटर लगायतले पनि निश्चित मापदण्डभित्र परेको खण्डमा ट्याक्स फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ ।

विद्यार्थी लगायतका गैरआवासीय व्यक्तिका लागि कतिसम्म आम्दानी हुनेले ट्याक्स फाइल गर्नुपर्छ भन्ने कुनै मापदण्ड छैन । आईआरएसका अनुशार स्कलरसिप वा फेलोसिपबापत कर लाग्ने रकम प्राप्त गरेकाहरु वा अन्य कुनै प्रकारको कर लाग्ने आम्दानी गरेकाहरुले कर तिर्नुपर्छ । त्यस्तै ओपीटी र सीपीटीबाट आम्दानी गरेका विद्यार्थीहरुले पनि कर तिर्नु पर्ने हुन्छ।

तर विदेशी श्रोतबाट मात्र आम्दानी गरेकाहरु र अमेरिकाको बैंक, बित्तिय संस्था वा इन्सुरेन्सबाट ब्याज प्राप्त गरेका अन्तर्राष्ट्रिय विद्यार्थी वा गैर आवासीय व्यक्तिहरुले भने अमेरिकामा ट्याक्स फाइल गर्नु पर्दैन । त्यस्तै ट्याक्स नलाग्ने फेलोसिप वा स्कलरसिप पाएकाहरुले पनि ट्याक्स फाइल गर्नु पर्दैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा आम्दानी गरेका धेरै जसो अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सोसल सेक्युरिटी र मेडिकेयर करहरूबाट छुट दिइन्छ। उनीहरुले यस्तो छुट अमेरिका आएको ५ बर्षसम्म प्राप्त गर्न सक्छन् ।

विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले १०४० एनआर वा १०४० एनआर ईजी फर्म भरेर आईआरएसमा ट्याक्स फाइल गर्नुपर्छ । तर उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म भने भर्न नहुने आईआरएसले चेतावनी दिएको छ ।

यदि अमेरिकामा रहेका विद्यार्थीहरुले कुनै आम्दानी नगरेको भएतापनि उनीहरुले आईआरएसमा फर्म ८८४३ भरेर बुझाउनुपर्छ । त्यसका लागि डेडलाइन जुन १५, २०२४ सम्म हो ।

यदि अमेरिकामा आम्दानी पनि गरेको छ भने अप्रिल १५ भित्र फर्म ८८४३ का साथमा टयाक्स रिटर्न फर्म १०४० एनआर पनि पठाउनुपर्छ । यदि आम्दानी गरेको छैन भने जुन १५ भित्र फर्म ८८४३ मात्र भरेर पठाएपुग्छ ।

आईआरएसले १०४० एनआर प्रशोधन गर्न २१ दिनसम्म लगाउँछ भने रिफण्ड पाउने अपेक्षा गरेकाहरुले रिफण्ड पाउन ६ महिनासम्म लाग्नसक्छ ।

तर अन्तर्राष्ट्रिय विद्यार्थीहरुले १०९८ टी नामको ट्युसन स्टेटमेन्ट भने भर्नु पर्दैन । यो ट्युसन स्टेटमेन्ट केबल अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका लागिमात्र हो ।

विभिन्न कुराहरुले तपाईंको फाइलिङ आवश्यकताहरूलाई असर गर्न सक्छ। त्यसैले आफ्नो अवस्थाको विशेष मार्गदर्शनका लागि व्यवसायिक कर पेशेवर वा आईआरएससंग परामर्श गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com