दुई ठूला सौर्य परियोजनाको अध्ययनका लागि अनुमति


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा २२५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययनको अनुमति दिएको हो । ती आयोजनाको कूल लागत रु २३ अर्ब रहेको छ ।

सम्भाव्यता अध्ययनका लागि एम एस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिइएको बोर्डले जनाएको छ । बैठकले डाबर नेपाल प्रालिको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि रु नौ अर्ब ६८ करोड ६३ लाख ४२ हजार बराबरको लगानी स्वीकृत गरेको छ । तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनोट भएको प्रस्तावक कम्पनी सतलज विद्युत् निगमले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गरेको छ ।

लगानी प्रवद्र्धनका सम्बन्धमा विभिन्न सङ्घ संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिइएको छ । त्यसैगरी जेनेभास्थित वल्र्ड एसोशिएशन अफ पीपीए यूनिट एण्ड प्रोफेशनल (डब्ल्यूएपीपीपी) कोे सदस्यता ग्रहण गर्न स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता भगवान् अर्यालले जानकारी दिनुभयो । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययनसम्बन्धी कार्यलाई तीव्ररूपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनुभएको थियो ।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष श्री जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com