राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाद्वारा पार्टी परित्याग


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नु भएको हो ।

“अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने लक्ष्य लिएको पार्टीबाट महत्त्वपूर्ण हस्ती थापा बाहिरिएपछि तरङ्ग सिर्जना भएको हो ।

गत मङ्सिर दोस्रो साता पार्टी अध्यक्षमा पराजित भएपछि थापाले आफूलाई निर्मल निवासले चुनाव हराएको दाबी गर्दै आउनु भएको थियो । उहाँले सो प्रकरणमा पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आउनु भएके थिो । तर, अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषयमा छानबिन हुन नसक्ने बताएपछि थापाले पार्टी नै परित्याग गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com