कतै तपाईको ट्याक्स रिफण्ड पाउनुपर्नेभन्दा कम त भएन? यस्ता हुनसक्छन् कारण


प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार

कहिलेकाँही उचित क्रेडिटहरु दावी गर्न छुटाएका कारण तपाईले पाउनुपर्नेजति ट्याक्स रिफण्ड वा क्रेडिट नपाएको अवस्था पनि हुनसक्छ । त्यसैले आफूहरु सबै प्रकारका क्रेडिटका लागि योग्य भए नभएको जाँचेरमात्र वा जानकारी हासिल गरेरमात्र ट्याक्स फाइल गर्नुहोला । नत्र तपाइईको रिफण्ड रकम तपाईले पाउनुपर्ने रकमभन्दा कम हुनसक्छ ।

तपाईले यी क्रेडिटहरु दावी गर्न त छुटाउनुभएन ?

राहत चेक दावी

अमेरिकामा कोरोनाको महामारीका कारण पहिलो र दोश्रो चरणको राहत चेकका लागि योग्य भएका तर कुनै कारणवश राहत चेक प्राप्त गर्न नसकेकाहरुले ट्याक्स फाइल गर्दा उक्त रकमको क्रेडिट प्राप्त गर्छन् ।

सन् २०२१ मा जन्मिएको बच्चाका लागि पनि थप १४ सय डलरको राहत चेक दावी गर्न सकिन्छ ।  तर उक्त बच्चाको विवरण ट्याक्स फाइल गर्दा समावेश गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रकम प्राप्त गर्नका लागि तपाईले रिफण्डयुक्त रिकभरी रिबेट क्रेडिट दावी गर्नुपर्छ । त्यसपछि तपाईले रिफण्ड प्राप्त गर्नुपर्ने अवस्था भएमा उक्त रकम रिफण्डमा जोडिएर प्राप्त हुन्छ । ट्याक्स तिर्नुपर्ने अवस्था भएमा उक्त रकम घटाएर ट्याक्स रकम कम बनाइनेछ । यदि तपाईले आईआरएसलाई तिर्नुपर्ने रकमको तुलनामा राहतको रकम धेरै भएमा भने बाँकी रकम रिफण्डका रुपमा प्राप्त हुनेछ ।

अर्नड इन्कम ट्याक्स क्रेडिट

तपाईले अर्नड इन्कम ट्याक्स क्रेडिट दावी गर्न छुटाउनुभएको त छैन ?  विगतका बर्षहरुमा योग्य नभएकाहरु पनि  अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि पनि योग्य हुनसक्ने सम्भावना रहन्छ ।

सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले १५ सय डलरसम्मको क्रेडिट प्राप्त गर्नेछन् जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर हो । गतबर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो ।

तपाई २०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सक्नुहुनेछ । तपाईले जुन बर्षको आम्दानी छनौट गर्दा धेरै रकम पाउनुहुनेछ, त्यो बर्षको आम्दानी छनौट गर्न सक्नुहुनेछ ।

चाइल्ड ट्याक्स क्रेडिट

तपाईले चाइल्ड ट्याक्स क्रेडिट वापतको रकम २०२१ मा पाउनुभएको छैन वा पूरै रकम पाउनुभएको छैन भने यो रकम ट्याक्स फाइल गर्दा दावी गर्नुहोला । प्रत्येक बच्चाको २ हजार डलरको साटो अधिकतम ३६ सय डलरसम्म प्राप्त हुनेछ । तर तपाईको बच्चा जति बढी उमेरको छ वा तपाईले जति धेरै आम्दानी गर्नुहुन्छ तपाईले प्राप्त गर्ने रकम पनि कम हुनेछ । तपाईको बच्चा २४ बर्षभन्दा कम उमेरकोे डिपेन्डेन्टका रुपमा रहेको छ भने पनि कलेज उमेरका डिपेन्डेन्टका लागि समेत यसबापात केही रकम प्राप्त हुनसक्नेछ ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा तपाईले यसको जानकारी दिएर क्रेडिट प्राप्त गर्न सक्नुहुनेछ । सन् २०२१ को मे १७ अगाडि सोसल सेक्युरिटी जारी भएको बच्चाका सन्दर्भमा यो क्रेडिट प्राप्त हुनेछ ।

बाल हेरचाह खर्च

तपाईले बाल हेरचाह खर्च दावी गर्न सक्नुहुनेछ । यसका लागि ट्याक्स फाइल गर्दा २ जनाको १६ हजार डलसम्म ट्याक्स क्रेडिट पाइन्छ । तर तपाईले काम गरेर बच्चाको हेरचाहका लागि अरुलाई रकम तिरेको हुनुपर्छ । विगतमा दुईजनाको ६ हजार डलरसम्ममात्र ट्याक्स क्रेडिट पाइने नियम रहेको थियो । एकजनाको हकमा भने अधिकतम ८ हजार डलरसम्म पाइनेछ । विगतमा ३ हजारडलरसम्म पाउने प्रावधान थियो ।

बालबालिका र आश्रितहरुको हेरचाहको ट्याक्स क्रेडिटबारे २०२१ मा धेरै तरिकाबाट विस्तार गरिएकाले धेरै परिवारहरुले यसपटक विगतको तुलनामा धेरै ट्याक्स क्रेडिट प्राप्त गर्नेछन् । विगतमा यस्तो ट्याक्स क्रेडिटका लागि योग्य नभएकाहरु समेत यसपटक योग्य हुनसक्ने जनाइएको छ ।

यदि तपाईको बच्चाको हेरचाहका लागि तपाईले कसैलाई रकम तिर्नुभएको छ भने तपाईले एकजना बच्चाको ८ हजार डलरसम्म क्रेडिट दावी गर्न सक्नुहुनेछ । डेकेयर वा अन्य व्यक्तिलाई तिरेको रकमका सन्दर्भमा यस्तो क्रेडिट प्राप्त गर्न सकिनेछ ।

यीबाहेक तपाईले ट्याक्समा घटाउन मिल्ने अन्य कैयन खर्चहरु हुनसक्छन्, त्यसका लागि ट्याक्स फाइल गरिदिने व्यक्तिलाई सोध्न नबिर्सनुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com