यसपटक ट्याक्स फाइल गर्दा १५ सय डलरसम्मको ‘बुस्ट रिफण्ड’, २०१९ को आम्दानी समेत प्रयोग गर्न सकिने
प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार
अमेरिकामा दशौं लाख व्यक्ति यो बर्ष ट्याक्स रिफण्ड बुस्ट प्राप्त गर्न योग्य भएका छन् । कम आम्दानी भएका दशौं लाखले एकपटक प्राप्त गर्न सकिने अर्नड इन्कम ट्याक्स क्रेडिट एउटा समुहका लागि तीनगुणा बनाइएको छ, जो सामान्यतया बच्चा नभएकाहरुका सन्दर्भमा निकै कममात्र प्राप्त हुने गर्दथ्यो ।
सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले १५ सय डलरसम्मको क्रेडिट प्राप्त गर्नेछन् जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर हो । गतबर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो ।
अमेरिकन रेस्क्यु प्लानमा व्यवस्था भए अनुशार पूर्णकालिन विद्यार्थी नरहेको १९ बर्षभन्दा माथिको आम्दानी भएको जो सुकै व्यक्तिले पनि यो क्रेडिट दावी गर्नसक्ने संघीय कर नीतिका सहनिर्देशक क्रिस कोक्सको भनाई छ । बच्चा नभएका करदाताहरुले २१ हजार ४ सय ३० डलरसम्म आम्दानी गरेको भएमा यो क्रेडिट दावी गर्न सक्छन् । त्यस्तै उबर चालक लगायत एप्लीकेशनबाट काम गर्ने र स्वरोजगारहरुले पनि यो क्रेडिट दावी गर्न सक्छन् ।
विगतका बर्षहरुमा १६ हजारभन्दा धेरै आम्दानी भएकाहरु यो क्रेडिटका लागि अयोग्य रहदै आएका थिए । सन् २०२० को महामारीमा जागिर गुमाएका करदाताहरुले सन् २०१९ को आम्दानी छनौट गरेर समेत यो क्रेडिटको दावी गर्न सक्छन् । विगतमा यो क्रेडिट २५ देखि ६४ बर्षसमुहकाले मात्र दावी गर्न सक्ने भएपनि यसपटक १९ बर्षमाथिकाले दावी गर्न सक्छन् । होमलेस र फोस्टर केयरमा रहेका १८ बर्षकालेसमेत दावी गर्न सकिनेछ ।
झण्डै २० मिलियन कामदारहरु या थप गरिएकोे क्रेडिटवाट लाभान्वीत हुने अपेक्षा गरिएको छ । सामान्यतया कुनै केडिट नपाउनेहरुले पनि यो बर्ष सामान्यतया भन्दा धेरै रकम पाउनेछन् । सामान्यतया २५ मिलियनसम्मले हरेकबर्ष यो क्रेडिट दावी गर्दै आएका छन् । तर बच्चाबच्ची नभएकाहरुले भने निकै कममात्र रकम पाउँदै आएका थिए ।
गतबर्ष एक्लो व्यक्तिले यो क्रेडिट पाउन १५ हजार ८ सयभन्दा कम आम्दानी भएको हुनुपर्ने प्रावधान थियो । र अधिकतम क्रेडिट एकल व्यक्तिका लागि ५४० डलरमात्र थियो । तर दुईजना छोराछोरी भएको एकल व्यक्तिले ४७ हजारसम्म आम्दानी भएको अवस्थामा ५ हजार ८ सय डलरसम्म यो क्रेडिट पाउन सक्थ्यो ।
कसरी फाइल गर्ने?
अधिकांश व्यवसायीक ट्याक्स सफट्वेयरले ट्याक्स फाइल गर्ने व्यक्तिलाई उनीहरु यो क्रेडिटका लागि योग्य नभए नभएको निर्धारण गर्न केही प्रश्नहरु सोध्छन् । करदाताले यो क्रेडिट दावी गर्न केही पनि तिर्नुपर्दैन । बार्षिक ७३ हजारभन्दा कम आम्दानी भएकाहरु निशुल्क ट्याक्स फाइल गर्न योग्य हुन्छन् ।
कागजमा ट्याक्स रिटर्न फाइल गर्दा फर्म १०४० मा अर्नड इन्कम ट्याक्स क्रेडिट देखिन्छ, थप पेपरवर्क आवश्यक हुँदैन । तर तपाईले ट्याक्स फाइल गरिदिने व्यक्तिलाई यो क्रेडिटका लागि आफू योग्य भए नभएको अवश्य सोध्नुहोला । याद गर्नुहोस्, तपाई २०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सक्नुहुनेछ । तपाईले जुन बर्षको आम्दानी छनौट गर्दा धेरै रकम पाउनुहुनेछ, त्यो बर्षको आम्दानी छनौट गर्न सक्नुहुनेछ ।