सपथ लिंदा र भोट हाल्दा आमाको तस्वीर बोकेका न्युयोर्कका मेयरले नेपालीमाझ सम्झिए ‘आमा’


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

न्युयोर्कका मेयर एरिक आडम्सले आफ्नी आमाप्रति विशेष सम्मान प्रकट गर्दै आएका छन् । चुनावी अभियानका क्रममा सन् २०२० मा आमा गुमाएका उनले प्राइमरी चुनाव र गत नोभेम्बरको मेयरको चुनावमा आफैलाई मतदान गर्दा आमाको तस्वीर बोकेका थिए भने नयाँ बर्षको दिन सपथग्रहण गर्दा पनि एउटा हातमा बाइबल र अर्को हातमा आमाको तस्वीर बोकेका थिए ।

आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्य नारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदबार समेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतीथिमा श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई समवेदना दिन उपस्थीत मेयर एरिक आडम्सले श्रद्धाञ्जली मन्तव्यको क्रममा आफ्नी आमालाई सम्झिए । आडम्सले आफू चुनावी अभियानका क्रममा रहेको बेला आमाले अन्तिम स्वास लिइरहेको खबर आएपछि आमालाई भेट्न जाँदाको पीडायुक्त क्षणको स्मरण गरे ।

फोटो: दीपक परियार

आफ्नी आमासँग बिताएका क्षणहरु स्मरण गर्दै उनले भने – ‘उहाँका ६ जना बच्चाहरु रहेका थिए । तर उनले सबैभन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । म उहाँको सबैभन्दा मनपर्ने सन्तान थिएँ ।’

केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर आडम्सले भने – ‘जीवन स्थायी छैन । तर तपाई आफ्नो आमाको कोखमा जन्म लिन पाएकोमा धन्य हुनुहुन्छ । यो नै जीवनको सर्कल हो । त्यसैले हामीले उनीहरुले जीवनमा भोगेका खुशीको स्मरण गर्दै व्यक्तिको महाप्रस्थानको उत्सव मनाउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मैले भेटेको पहिलो दिनमा नै नवराजमा एकदमै धेरै माया, सहयोग र कामप्रति समर्पण पाएको थिएँ । अरु कोही नभएको अवस्थामा तपाई मसँग हुनुभएको कुरा मैले कहिलेपनि बिर्सन्न । तपाईको सहयोग र मित्रता मेरा लागि निकै महत्वपूर्ण छ । आज म यो सिटीमा जहाँ काम गरिरहेको भएतापनि म मेरा भाई नवराजका लागि आउन चाहें ।’ –  न्युयोर्कमा हिमपातपछिको अवस्थामा अत्यन्तै व्यस्त रहेका मेयर आडम्सले भने ।

एरिक आडम्सले अगाडि भने – ‘उहाँजस्तो आमा पाएकोमा र नवराज जस्तो अशल व्यक्तिलाई जन्मदिएकोमा हामी आमाप्रति खुशी हुनुपर्छ । तपाईजस्तो छोरा जन्माएकोमा तपाईको आमा तपाईप्रति गर्व गर्नुहुन्छ । हामीपनि तपाई प्रति गर्व गर्दछौं । तपाई जो हुनुहुन्छ, त्यसका लागि धन्यवाद । तपाई जस्तो सन्तान जन्माएकोमा आमालाई पनि धन्यवाद ।’

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् । उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए ।

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए । साथै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com