चर्चित बेलायती टेनिस खेलाडीलाई पिछा गर्दै घरमै पुगेर ‘आतंकित’ पार्ने नेपाली युवा फन्दामा


प्रकाशित मिति : माघ १६, २०७८ आईतबार

गत वर्ष युएस ओपन च्याम्पियनसिप जितेर विश्वविख्यात बनेकी ब्रिटिश टेनिस प्लेयर एम्मा र्‍याडुकानुलाई ‘आतंकित’ पार्ने एक नेपाली युवा फन्दामा परेका छन् ।

ब्रिटिश नम्बर वान एम्माको घरसम्मै पुगेर पिछा गरेको अभियोगमा अमृत मगर दोषी ठहर भएका छन् । ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार लन्डन एजवेयर बस्दै आएका उनलाई दोषी ठहर गरेको हो ।

साउथ इष्ट लन्डनस्थित ब्रिटिश नम्बर १ एम्माको घरसम्मै पुगेर उनको पिछा गरेको र उनका बाबुको जुत्ता चोरेर लगेको अभियोगमा मगरलाई अदालतले दोषी ठहर गरेको हो । तर हाल प्रहरी हिरासतमा राखिएका उनलाई सजाय भने आगामी महिना मात्रै सुनाइनेछ ।

बेलायती मिडियाहरुले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेर पिछा गरेका थिए । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रुपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ‘यु डिजर्भ लभ’ (तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरुले नै पठाएको भन्दै झुट बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रोपटक एम्माको घरमा पुगेका मगरले एक नक्सा कोरेर उनलाई भेट्न आफूले लन्डन एजवेयरदेखि साउथ इष्ट लन्डनसम्मको २३ माइल लामो यात्रा गरेर आएको बताएका थिए । त्यसको केहि दिनपछि फेरि मगरले एम्माको घरबाट पोर्चमा राखिएका उनका बाबुको जुत्ता नै चोरेर लगेका थिए । उनले एम्माको ठानेर बाबुका जुत्ता चोरेको ठानिएको छ ।

एम्मालाई छोडेको नोटमा मगरले आफ्नोसंगै पत्नी बीनाको नाम समेत उल्लेख गरेका थिए ।

अदालतसंगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् । सोही कारण आफ्नो घरबाट बाहिर निस्किंदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महशुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् ।

गतवर्ष १९ वर्षको उमेरमै प्रतिष्ठित युएस ओपनको उपाधि जितेपछि एम्माको चर्चा एकाएक चुलिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com