अमेरिकाको अध्यागमन अदालतमा १५ लाख मुद्दा पेन्डिङ, नेपालीका मात्रै ४ हजार


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

अमेरिकाको अध्यागमन अदालतले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याकलगको सामना गर्नुपरेको छ । पछिल्लो रिपोर्ट अनुशार अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ मुद्दाको संख्या १५ लाख नाघेको छ । डिसेम्बरको अन्तिममा पेन्डिङ मुद्दाको संख्या १५ लाख ९६ हजार १ सय ९३ पुगेको थियो ।

अदालतमा अध्यागमनबारेका मुद्दा पेन्डिङ रहेकाहरुको संख्या अमेरिकाको छैठौं सबैभन्दा ठूलो सिटी फिलाडेल्फियाको जनसंख्या भन्दा धेरै भएको छ । सन् २०२१ को अक्टोबरदेखि डिसेम्बरसम्मको पेन्डिङ मुद्दाको बृद्धि कुनै पनि तीनमहिनाको तुलनामा इतिहासमै सबैभन्दा धेरै भएको छ । यो अवधिमा मुद्दाको ब्याकलग १ लाख ४० हजारभन्दा धेरैले बढेको थियो ।

नेपालीका मात्र ४ हजारभन्दा धेरै मुद्दाहरु अध्यागमन अदालतमा पेन्डिङ अवस्थामा रहेका छन् । विश्वकै देशहरुमा सबैभन्दा धेरै अध्यागमन मुद्दा अमेरिकाको अदालतमा पेन्डिङ रहेकाहरुमा नेपाल २३ औं नम्बरमा रहेको छ । सबैभन्दा धेरै न्युयोर्कको अदालतमा २१२० मुद्दा पेन्डिङ रहेका छन् । न्युयोर्क सिटीको मुख्य अदालतमा मात्र १७९६ नेपालीका मुद्दा पेन्डिङ छन् । ब्रोडवेमा २०१ र भेरिक स्ट्रीटमा ११८ नेपालीका मुद्दा पेन्डिङ छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाका अदालतमा १०६४ नेपालीका अध्यागमन सम्बन्धि मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् । त्यसपछि टेक्सासमा ३७८, मासाचुसेट्समा ९९, मेरिल्याण्डमा ९०, भर्जिनियामा ७४, कोलोराडोमा ४०, न्युजर्सीमा ३५, इलिनोयमा २४, पेन्सिलभेनियामा १७, मिनेसोटामा १६, वासिंटनमा १५, जर्जियामा १४ नेपालीका मुद्दा पेन्डिङ रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com