अमेरिकामा ट्याक्स फाइल गर्दा अपनाउनुपर्ने १२ सावधानी


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

अमेरिकामा अर्कोसातादेखि ट्याक्स सिजन सुरु हुँदैछ । कर फाइल गर्ने व्यक्तिले विभिन्न कुरामा सावधानी अपनाउन जरुरी छ ।

परिचयको चोरी : करदाताहरुले करसमयको आसपासमा आफ्नो परिचय चोरी हुने सम्भावनाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्छ । किनभने ट्याक्स फाइलको समयमा तपाईको आईडी वा सोसल सेक्युरिटी अरुले चोरेर दुरुपयोग गर्न सक्छन् । यदि कुनै पनि व्यक्तिले बढी रकम प्राप्त गर्न अरुको सोसल सेक्युरिटी नम्बर प्रयोग गरेर ट्याक्स फाइल गरेको छ भने आइआरएसले त्यस्ता अपराधीहरुको आक्रमक तरिकाले खोजी गरिरहेको छ । वर्तमान अवस्थामा आईआरएसले यसबारे अझ बढी अनुसन्धान र सजगता अपनाएका कारण करदाताहरु अरुको सोसल सेक्युरिटी नम्बर प्रयोग नगर्ने र आफ्नो नम्बर दुरुपयोग हुन नदिन अत्यन्तै होसियार हुन जरुरी छ ।

नक्कली फोन :  आफूलाई आईआरएसका प्रतिनिधि बताउने अपराधीहरुले अहिलेपनि नक्कली फोन गरेर करदाताहरुलाई धम्की दिइरहेका छन् । पछिल्ला बर्षहरुमा त्यस्ता नक्कली फोनकलहरुको संख्या बढिरहेको आईआरएसको रिपोर्टमा जनाईएको छ । अपराधीहरुले व्यक्तिलाई फोन गरेर तुरुन्त रकम नतिरे प्रहरीबाट पक्राउ गराउने, डिपोर्ट गराउने वा लाइन्सेस खारेज गरिदिने धम्की दिदै आएका छन् । त्यस्ता नक्कली फोनकलको शिकार नहुनका लागि सजगता अपनाउन र त्यस्ता फोनकल आएमा आईआरएसलाई रिपोर्ट गर्न जरुरी छ ।

नक्कली इमेल : करदाताहरु आफूले प्राप्त गर्ने नक्कली इमेलबाट अझ सजग हुन जरुरी छ । किनभने नक्कली इमेल र वेवसाइटको प्रयोग गरेर अपराधीहरुले व्यक्तिको व्यक्तिगत सुचनाहरु चोर्ने प्रयास गरिरहेका हुन्छन् । आईआरएसले कहिलेपनि करदाताहरुलाई बिल वा रिफण्डको बारेमा इमेल गर्दैन । आईआरएस दावी गर्दै पठाइएका इमेलका कुनै पनि लिंकमा क्लिक गर्नुहोला । यदि आफूले थाहा नपाएका स्थानबाट आएका इमेल र वेवसाइटहरु व्यक्तिगत सुचनाहरु चोर्ने माध्यमबाहेक केही होइनन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बेइमान कर फाइल गरिदिने व्यक्ति : कर फाइल गरिदिने व्यक्ति पनि धेरै बेइमानहरु छन् । त्यस्ता बेइमानबाट सजग हुनुहोस् । अधिकांश ट्याक्स प्रोफेशनलहरुले इमान्दारिताका साथ उच्च प्रकारको सेवा प्रदान गर्छन् । तर केही त्यस्ता ट्याक्स फाइल गरिदिने बेइमानहरु पनि छन्, जसले हरेक ट्याक्स सिजनमा मात्र दोकान थापेर बस्छन् । र नक्कली रिफण्डका लागि नक्कली विवरण भरिदिन्छन् । उनीहरुले करदातामध्ये एउटाको सोसल सेक्युरिटी चोरेर अर्कोमा भरिदिने पनि गर्छन् । त्यसले करदातालाई हानी गर्छ । वैद्य ट्याक्स प्रोफेशनलहरु अमेरिकी कर प्रणालीका मुख्य अंश हुन् ।

विदेशबाट कर छली : आईआरएसले विदेशबाट करछली गर्नेहरुबिरुद्ध सफलताहरु हासिल गर्दै आएको छ । विदेशमा कम्पनी राखेर रकम लुकाउने र ट्याक्स छली गर्नेहरुबिरुद्ध आईआरएसले अनुसन्धान गरिरहेको छ । त्यसैले त्यसरी करछली गर्ने मनाशाय रहेकाहरु होसियार हुनुपर्ने बेला आएको छ ।

अनुपयुक्त रिटर्न दावी : करदाताहरु उपयुक्त रकममात्र रिटर्नका रुपमा दावी गर्ने कुरामा सचेत हुनुपर्छ । अनावश्यक र बढी रकम रिटर्नका लागि दावी गर्नका लागि बढाईचढाई विवरणहरु भर्नु हुँदैन । कसैले करदातालाई धेरै रिफण्ड दिलाइदिने भन्दै नभरिएका करका कागजातमा हस्ताक्षर गर्न लगाउँछ भने त्यस्ता कागजातमा हस्ताक्षर गर्नु हुँदैन । अपराधीहरुले फ्लायर, विज्ञापन, फोनकल वा व्यक्तिको सिफारिसमा समेत सोझा करदातालाई शिकार बनाउने प्रयास गरिरहेका हुन्छन् ।

नक्कली परोपकार : कतिपय परोपकारका नाममा खोलिएका संस्थाहरु नक्कली हुन्छन् । चर्चित परोपकारी संस्थासँग नाममिल्नेगरी खोलिएका त्यस्ता संस्थालाई डोनेशन गर्नु अगाडि विचार गर्नु जरुरी छ । नक्कली परोपकारी संस्थाहरुलाई डोनेशन गर्नु अगाडि एकपटक त्यो संस्था वास्तविक रुपमा नै गैरनाफामुलक र परोपकारी हो कि होइन भन्ने कुराको यकिन गर्नुपर्छ । आईआरएसले कुनै संस्था परोपकारी हो कि होइन भन्ने जाँच्न सकिने टुलको विकाश गरेकाले आईआरएसको वेवसाइटमा गएर जाँच्न सकिन्छ ।

नक्कली डिडक्सन : करदाताहरुले डिडक्सन अर्थात् घटाइएका रकमहरुका बारेमा सचेतना अपनाउन जरुरी हुन्छ । धेरै रिफण्ड प्राप्त गर्ने लोभमा डिडक्सनको रकम अनावश्यक बढाउँदा आईआरएसको निशानामा पर्ने डर हुन्छ । आफ्नो डिडक्सन रकम भएभन्दा धेरै उल्लेख गर्नु अगाडि कम्तीमा दुईपटक सोंच्नुहोस् । अन्र्ड इन्कम ट्याक्स क्रेडिट वा चाइल्ड ट्याक्स क्रेडिटका रुपमा त्यस्तो दावी गर्नु भन्दा अगाडि आफूले प्रदान गर्ने विवरण सही भए नभएको जाँच्नुपर्छ ।

बिजनेश क्रेडिटका लागि अतिरञ्जित दावी : अनुपयुक्त तरिकाले इन्धन ट्याक्स क्रेडिटको दावी गर्नु हुँदैन । धेरैजसो करदाताहरुका लागि ट्याक्स बेनिफिट सामान्यतया उपलब्ध हुँदैन । करदाताहरुले रिसर्च क्रेडिटको दुरुपयोगमा पनि ध्यान दिनुपर्छ ।

आम्दानीबारे झुठा विवरण : अन्र्ड इन्कम ट्याक्स क्रेडिट जस्ता ट्याक्स क्रेडिटका लागि योग्य हुने नाममा आम्दानीको आविश्कार गर्नु हुँदैन । करदाताहरुलाई प्राय नक्कली काम गर्नेहरुले त्यस विषयमा कुराकानी गर्न सक्छन् । करदाताहरुले सकेसम्म सबैभन्दा सही विवरण उपलब्ध गराउनेमा सचेत हुनुपर्छ । किनभने उनीहरुको ट्याक्स फाइलमा करदाताहरु नै कानुनी रुपमा उत्तरदायी हुनुपर्छ । पछि करदाताले जरिवानास्वरुप धेरै रकम तिर्नुपर्ने अवस्था पनि आउन सक्छ । अपराधको अभियोगमा जेल बस्नुपर्ने अवस्था समेत आउनसक्छ ।

कर प्रणालीको दुरुपयोग : कर तिर्ने कुरालाई कम गर्न कर प्रणालीको दुरुपयोग हुने खालका संरचनाहरु प्रयोग गर्नु हुँदैन । आईआरएसले व्यक्तिलाई विभिन्न प्रलोभनमा बेच्ने ट्याक्सबारेका अफरहरु रोक्न काम गरिरहेका हुन्छ । त्यसैले कसैले शंकास्पद अफर गरेमा करदाताहरुले सजगता अपनाउन जरुरी हुन्छ ।

हास्यास्पद करका तर्क : करछलीका लागि कर फाइल गर्दा हास्यास्पद र मुर्खतापूर्ण तर्कहरु नगर्नुहोला । कतिपयले करदातालाई अतार्किक र मुर्खतापूर्ण दावीहरु भर्न लगाउनसक्छन् । जबकि त्यस्ता तर्कहरु गलत हुन् र अदालतले कैयन पटक गलत प्रमाणित गरिसकेको छ । मुर्खतापूर्ण तर्ककासाथ कर फाइल गर्दा ५ हजार डलरसम्म जरिवाना हुनसक्छ ।

(आईआरएसको विवरणमा आधारित)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com