७३ हजार भन्दा कम आम्दानी हुनेलाई निशुल्क ट्याक्स फाइलका लागि आईआरएसको अफर


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले जनवरी २४ देखि ट्याक्स फाइल स्वीकार्न सुरु गर्दैछ । म्याद नथपिएको खण्डमा अप्रिल १८ सम्म डेडलाइन रहेको छ ।

आईआरएसले ७३ हजार भन्दा कम बार्षिक आम्दानी हुनेहरुका लागि निशुल्क ट्याक्स फाइल समेत अफर गरेको छ । आईआरएसको निशुल्क ट्याक्स फाइल कार्यक्रम अन्तरगत तेश्रो सेवा प्रदायकबाट यो सेवा लिन सकिनेछ ।

अनलाइनबाट ट्याक्स फाइल गर्दा डाइरेक्ट डिपोजिटका लागि बैंक खाता दिन सुझाव दिइएको छ । यसो गरेमा रिबेट वा रिफण्ड बापतको रकम छिटो सिधै बैंक खातामा आउनेछ ।

निशुल्क फाइल गर्न चाहनेहरुले यहाँ क्लीक गर्नुहोला ।

आईआरएसको निशुल्क कार्यक्रम अन्तरगत ट्याक्स फाइल गर्दा व्यक्तिको जानकारी कुनै पनि अनाधिकृत पहुँचबाट सुरक्षित गरिएको आईआरएसले जनाएको छ । कम्पनीहरूले फाइल गर्नेको जानकारी ट्याक्स रिटर्नको तयारी बाहेक अन्य उद्देश्यका लागि खुलासा वा प्रयोग गर्न नसक्ने तथा यी कम्पनीहरू फेडरल ट्रेड कमिशनको प्राइभेसी र सेफगार्ड्स नियम अन्तरगत तथा आईआरएसको ईफाइल नियमको अधीनमा छन्।

तपाईको निशुल्क फाइलका लागि योग्यता पुग्ने नपुग्ने वा कुन कम्पनीमार्फत फाइल गर्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com