बाल हेरचाह खर्चका लागि आगामी ट्याक्स फाइल गर्दा २ जनाको १६ हजार डलरसम्म पाइने


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

बाल हेरचाह खर्चका लागि आगामी ट्याक्स फाइल गर्दा २ जनाको १६ हजार डलसम्म ट्याक्स क्रेडिट पाइने भएको छ । विगतमा दुईजनाको ६ हजार डलरसम्ममात्र ट्याक्स क्रेडिट पाइने नियम रहेको थियो । एकजनाको हकमा भने अधिकतम ८ हजार डलरसम्म पाइनेछ । विगतमा ३ हजारडलरसम्म पाउने प्रावधान थियो ।

बालबालिका र आश्रितहरुको हेरचाहको ट्याक्स क्रेडिटबारे २०२१ मा धेरै तरिकाबाट विस्तार गरिएकाले धेरै परिवारहरुले यसपटक विगतको तुलनामा धेरै ट्याक्स क्रेडिट प्राप्त गर्नेछन् । विगतमा यस्तो ट्याक्स क्रेडिटका लागि योग्य नभएकाहरु समेत यसपटक योग्य हुनसक्ने जनाइएको छ ।

यदि तपाईको बच्चाको हेरचाहका लागि तपाईले कसैलाई रकम तिर्नुभएको छ भने तपाईले एकजना बच्चाको ८ हजार डलरसम्म क्रेडिट दावी गर्न सक्नुहुनेछ । डेकेयर वा अन्य व्यक्तिलाई तिरेको रकमका सन्दर्भमा यस्तो क्रेडिट प्राप्त गर्न सकिनेछ ।

अमेरिकामा एकजना शिशुका लागि बार्षिक हेरचाह खर्च औषतमा ९ हजार ९ सय ९१ डलर रहेको छ । बालबालिकाहरुको उमेर बढ्दै जाँदा हेरचाह खर्च पनि घट्दै जान्छ । चाइल्ड ट्याक्स क्रेडिटभन्दा फरक रहेको बालबालिका र आश्रितहरुको हेरचाहको ट्याक्स क्रेडिटले १३ बर्षभन्दा कम उमेरका बालबालिका वा बयस्क आश्रितहरुको हेरचाहका लागि लागत कभर गर्न बाबुआमाहरुलाई मद्दत गर्छ ।

गत बर्षको मार्चमा अमेरिकन रेस्क्यु प्लान एक्ट अन्तरगत ल्याइएको विस्तारित नियम सन् २०२१ का लागिमात्र हो भने यसले विगतका नियमहरुलाई समेत उल्टाएको छ । यसका सामान्य योग्यताहरु परिवर्तन भएका छैनन् । अर्थात् यो क्रेडिट आश्रितहरुको हेरचाहका लागिमात्र उपलब्ध छ ता कि तपाई काममा जान वा काम खोज्न सक्नुहुनेछ ।

सामान्यरुपमा भन्दा तपाई वा संयुक्त ट्याक्स फाइल गर्ने दम्पत्तिले यो क्रेडिट दावी गर्नका लागि यो बर्षमा कामबाट आम्दानी समेत गरेको हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा के छ भने २०२१ को क्रेडिट रिफण्डेवल रहेको छ । अर्थात् तपाईले ट्याक्स तिर्नुपर्ने नभएको खण्डमा समेत यो रकम तपाईले रिफण्डका रुपमा प्राप्त गर्न सक्नुहुनेछ ।

यदि तपाईसँग आश्रित हेरचाहका लागि लचिलो खर्च खाता रहेको छ भने तपाईले लचिलो खर्च खाताबाट कभर गर्ने हेरचाह खर्चहरु ट्याक्स क्रेडिटमा गणना गर्न सकिदैन । किनभने ती खातामा भएको रकम पहिले नै प्रि ट्याक्स बनाइने अर्थात् तपाईले नै पहिले नै ट्याक्स सुविधा पाउने भएकाले त्यसलाई गणना गर्न नसकिने हो । उनीहरुले दोहोरो फाइदा लिन सक्दैनन् ।

१ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुले पूर्णरुपमा ट्याक्स क्रेडिट प्राप्त गर्न सक्नेछन् । १ लाख ८३ हजारदेखि ४ लाखसम्म आम्दानी हुनेहरुले २० प्रतिशतसम्म पाउन सक्नेछन् । ४ लाख ३८ हजारभन्दा माथि आम्दानी हुनेहरुले भने यो क्रेडिट पाउने छैनन् । सन् २०२१ को परिवर्तनभन्दा अगाडि यो थ्रेसहोल्ड कम रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com