सन् २०२१ को ट्याक्स अप्रिल १८ सम्म फाइल गर्नसकिने, जान्नैपर्ने ३ परिवर्तन


प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार

अब छिट्टै सन् २०२१ को ट्याक्स फाइल गर्ने बेला हुँदैछ भने सन् २०२२ को अप्रिल १८ सम्म ट्याक्स फाइल गर्न सकिनेछ । यद्यपी आईआरएसले ट्याक्स फाइल गर्दा अन्तिम डेडलाइनसम्म नकुर्न सुझाव दिएको छ ।

यसपटक ट्याक्स फाइल गर्दा करदाताले केही महत्वपूर्ण विषयमा ध्यान दिन आवश्यक छ । चाइल्ड ट्याक्स क्रेडिटको रकम अग्रिमरुपमा प्राप्त गरेका परिवारहरुले आईआरएसबाट प्राप्त हुने पत्र ६४१९ बारे ध्यान दिन आवश्यक छ । आईआरएसका अनुशार यो पत्र पठाउन सुरु गरिसकिएको छ ।

यो पत्रमा चाइल्ड ट्याक्स क्रेडिटकका रुपमा कति रकम प्रदान गरियो भन्ने उल्लेख गरिएको हुन्छ । योग्य परिवारहरु जसले सन् २०२१ म अग्रिम रकम प्राप्त गरेका छैनन्, उनीहरुले आगामी ट्याक्स फाइल गर्दा चाइल्ड ट्याक्स क्रेडिटको एकमुष्ठ रकम दावी गर्न सक्नेछन् । सामान्यतया कम आम्दानी भएका कारण वा अन्य कारणले ट्याक्स फाइल गर्नु नपर्ने परिवारले पनि यो रकम दावी गर्नसक्नेछन् । तर उनीहरुले आईआरएसको रेकर्डका लागि ट्याक्स फाइल गर्न जरुरी हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै यदि कोही व्यक्ति तेश्रो राहत चेकका लागि योग्य भएन भने वा राहत चेकको पूरै रकम प्राप्त गरेको छैन भने त्यस्तो व्यक्ति रिकभरी रिबेट क्रेडिटका लागि योग्य हुन्छ , त्यस्ता व्यक्तिले आगामी सिजनमा सन् २०२१ को ट्याक्स फाइल गर्न जरुरी हुन्छ । फाइल गर्न नपर्नेहरुले पनि क्रेडिट रकम दावी गर्न ट्याक्स फाइल गर्न आवश्यक रहेको आईआरएसको भनाई छ ।

आईआरएसले सन् २०२२ को सुरुतिर ६४७५ नामको पत्र पठाउनेछ । यो पत्रममा तेश्रो राहत चेकबापत कति रकम प्राप्त भयो भन्ने उल्लेख गरिएको हुनेछ ।

त्यस्तै विवाहित दम्पत्तिले ६ सय डलरसम्म र एकलले ३ सय डलरसम्मको दान करको खर्चमा घटाउन पाउनेछन् । उनीहरुले योग्य संस्थाहरुलाई गरेको दानको रकममात्र करको खर्चमा घटाउन पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com