पछिल्लो २४ घण्टामा २४१ नयाँ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य


प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ ।

हिजो बुधबार भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ । बुलेटिनमा पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ ।

पछिल्लो समय थप २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आइसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी पछिल्लो समय ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com