एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद


प्रकाशित मिति : पुस ११, २०७८ आईतबार

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।

हरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए ।  गतमङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७  र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ ।

सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ ।

सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक  लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ । प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com