‘कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस’


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताउनुभएको छ ।

आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताउनुभयो । “पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटना बढेका छन्,” उहाँले भन्नुभयो, “सहमतिको आधारमा गरिने सम्बन्ध विच्छेदमा महिलालाई जबरजस्ती धकेलिएको हुन्छ । उनीहरुमा कानुनी अनविज्ञता नै देखिन्छ ।”

कर्णाली प्रदेश सरकारले बनाएको कानूनबारे अहिलेसम्म जिल्ला अदालतलाई थाहा नभएको उहाँको भनाइ थियो । उहाँका अनुसार जतिसक्दो नागरिकस्तरमा कानुनी सचेतना फैलाउनुपर्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले प्रदेश सरकारले आवाश्यक नीति निर्माण गरी तिनको कार्यान्वयन गर्न तर्फ केन्द्रित रहेको जनाउनुभयो । कानुनी सचेतनाका लागि स्थानीयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छलफलको क्रममा मध्यपश्चिम विश्वविद्यालय ल क्याम्पसका पूर्वनिर्देशक डा अर्जुन ऐडीले विद्यार्थीहरु ज्ञान लिनेभन्दा पनि ‘सर्टिफकेट’ का लागि विश्वविद्यालय धाउने समस्या समाजमा प्रतिविम्बित भएको प्रतिक्रिया दिँदै विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकामा आउने विवाद कानुनी प्रक्रियाबाटै समाधान गर्दै आएको जनाउनुभयो । न्यायिक समितिका संयोजकसमेत रहनुभएकी उहाँले स्थानीय तहले १३ वटा विवाद निरुपण गर्ने अधिकार दिइएता पनि ११ वटा विवाद न्यायिक समितिले निरुपण गर्न पाउने बताउनुभयो । यद्यपि स्थानीय तहका लागि कानुनी सल्लाहकारको आवाश्यकता रहेको उपप्रमुख ढकालको भनाइ थियो ।

यता कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा नवराज केसी, अधिवक्ता गीता कोइराला, सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली, सरकारी वकील दोर्ण पौडेल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बाल विवाहले निम्त्याएका समस्याबारे अन्तरक्रिया गर्दै यो सबै खाले समस्याको जड भएको निष्कर्ष निकाल्नुभयो ।

युवा, विद्यार्थी, कानूनका जानकार र विज्ञहरुलाई एउटै मञ्चमा राखेर कानुनी क्षेत्रका समस्या र सम्भावित समाधानबारे छलफल गरेको ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा कानुन विषयमा अध्ययनरत युवा विद्यार्थीहरुले पर्याप्त कानुनी ज्ञानको कमी, बढ्दो बालविवाहले समस्या निम्त्याएका प्रतिक्रिया दिएका थिए ।

कानूनी अज्ञानता, बालविवाहको समस्या र तिनको समाधानबारे छलफल गरी त्यसको निक्र्योल निकाल्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्था अर्फिक्स नेपालका प्रमुख कार्यकारी निर्देशक सुवास रिसालले बताउनुभयो । ‘कर्णाली ल कन्क्लेभ’ का संयोजक एकता देवकोटोले आगामी वैशाख २६ गते कानुन दिवसको अवसरमा काठमाडौंमा ‘कर्णाली ल कन्क्लेभ’ सिरिज आयोजना गर्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com