भिसा सकिएको ४८ महिना ननाघेकालाई विना अन्तरवार्ता भिजिटर भिसा नविकरण गर्ने सुविधा १ बर्ष थप


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि विना अन्तरवार्ता भिसा नविकरण गर्ने सुविधा एकबर्षका लागि थप गरिएको छ । अमेरिकी विदेश मन्त्रालयबाट जारी सुचना अनुशार अब सन् २०२२ को डिसेम्बर ३१ सम्म भिजिटर भिसा सकिएको ४८ महिना ननाघेकाहरुले विना अन्तरवार्ता भिसा नविकरण गर्न सक्नेछन् ।

यस अगाडि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि तय गरेकोमा एकबर्ष थपिएको हो । यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् ।

पहिले भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो । अमेरिका अन्य कैयन श्रेणीका भिसामा समेत अन्तरवार्ता छुटको व्यवस्था गरेको छ ।

त्यस्तै पहिले कुनै पनि प्रकारको भिसा लिएकाहरुलाई विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराउने नीतिमा पनि एकबर्ष म्याद थपिएको छ । एफ, एम र जे भिसा आवेदकहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको भएमा विना अन्तरवार्ता सन् २०२२ को डिसेम्बर ३१ सम्म भिसा प्राप्त गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले नोभेम्बरदेखि लागु हुनेगरी विगतमा कुनै पनि प्रकारको भिसा लिएका एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराउन सुरु गरेको थियो ।

एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड तोकिएको छ ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्ने, विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्ने मापदण्ड रहेको छ । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्ने प्रावधान ल्याइएको छ ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com