अमेरिकाको कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म लागु हुने विदेश मन्त्रालयले घोषणा गरेको छ । अस्थायी कामदारभिसावाहकले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै विदेश मन्त्रालयले गैर आप्रवासीहरुको यात्रा सुविधायुक्त बनाउन र प्रतिक्षा अवधि घटाउन आफूहरु प्रतिबद्ध रहेको बताएको छ ।

कन्सुलर अधिकारीहरुलाई अब सन् २०२२ को डिसेम्बर ३१ सम्म नै पेटिसनमा आधारित गैर आप्रवासी कामदार भिसाका निश्चित आवेदकको भिसा अन्तरवार्तामा छुट दिने अधिकार प्रदान गरिएको छ । ती श्रेणीहरुमध्ये कामदार भिसा एचवान बी समेत पर्छ, जुन भिसा अमेरिकामा विशेष पेशामा काम गर्न आउनेहरुलाई प्रदान गरिदै आएको छ ।

भिसा अन्तरवार्ता आवेदकले भिसा पाउनुभन्दा अगाडिको अन्तिम प्रकृया हो । यो अन्तरवार्तापछि आवेदकलाई भिसा दिने वा नदिनेबारे अन्तिम निर्णय गरिन्छ । तर कोरोनाको महामारीका कारण कन्सुलर सेवा प्रभावित हुँदा भिसा अन्तरवार्ताहरु रोकिने र ढिलो हुने समस्या देखिएको छ ।

झण्डै ६० प्रतिशत अमेरिकी कन्सुलेटहरु या त आंशिक रुपमा बन्द भएका छन् या त कार्यक्षमतामा कमी आएको छ जसका कारण कैयन कामदार भिसाहरु प्रकृयामा लैजान सकिएको छैन । अन्तरवार्ता छुटको व्यवस्थाले यसरी ब्याकलगमा रहेका भिसालाई प्रकृयामा लैजानका लागि कन्सुलर अधिकारीहरुलाई अधिकार प्रदान गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी, अस्थायी कृषि र गैर कृषिकामदार, विद्यार्थी आदानप्रदान भ्रमणकर्ताहरुलाई समेत यो नीति अन्तरवार्ता अन्तरवार्ता छुट पाउने श्रेणीमा पर्छन् । तर दूतावासहरुले आवश्यक परेमा उनीहरुको अन्तरवार्ता भने तय गर्न सक्नेछन् । स्थानीय अवस्थालाई र हरेक आवेदनलाई मूल्यांकन गरेर कुनै कुनै आवेदनमा अन्तरवार्ता लिने छुट दूतावास र कन्सुलेटहरुलाई रहेको विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com