अमेरिकी दूतावास काठमाडौंमा सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु गरेको जनाएको छ । तर अहिलेका लागि विगतमा भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको अप्वाइन्ट आवश्यक भएकाहरुलाई प्राथमिकता दिइएको दूतावासले जनाएको छ ।

बिहिबार दूतावासले सामाजिक सञ्जालमा गरेको भिसा च्याटका क्रममा यस्तो जानकारी दिइएको हो । कोरोना महामारीका बीच पनि भिजिटर भिसाहरु विना अन्तरवार्ता नै नविकरण गरेको दूतावासले केही भिसा आवेदनका सन्दर्भमा अन्तरवार्ता आवश्यक पर्ने भन्दै भिसा दिन अस्वीकार गरेको थियो । अब त्यस्ता आवेदकले भिसा अन्तरवार्ता तय गर्न सक्ने भएका छन् ।

दूतावासले आपतकालिन अवस्थाका लागि अमेरिका जानुपर्नेहरुका लागि पनि भिजिटर भिसा अन्तरवार्ताका अप्वाइन्टहरु दिइरहेको छ । तर गम्भिर विरामी भएका आफन्तलाई भेट्न वा पारिवारिक आपतकालिन अवस्थामा सघाउन जानेहरु र व्यक्ति भिजिटर भिसामा अमेरिकामा नआएको खण्डमा अमेरिकी कम्पनीलाई उल्लेख्य घाटा हुने अवस्थाबारे लिखित अनुरोध आएमा दूतावासले शीघ्र अप्वाइन्टमेन्ट उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै केही योग्यताका मापदण्डहरु पूरा गरेकाहरुलाई अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराइरहेको छ । तर उनीहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको हुनुपर्नेछ । नोभेम्बरदेखि लागु हुनेगरी विगतमा कुनै पनि प्रकारको भिसा लिएका एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराउन सुरु गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड तोकिएको थियो ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्ने, विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्ने मापदण्ड रहेको थियो । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्ने प्रावधान ल्याइएको थियो ।

विना अन्तरवार्ता भिसा प्राप्त गर्न आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्छ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्छ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिन्छ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्दैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्छ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्छ ।

त्यस्तै भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि पनि विना अन्तरवार्ता भिसा नविकरण गर्ने क्रम जारी छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि थप गरेका थिए । यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्छन् ।

पहिले भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र विना अन्तरवार्ता सोही श्रेणीको नयाँ भिसा प्रदान गर्न सकिने प्रावधान रहेकोमा कोरोना महामारीका कारण त्यसलाई बढाउँदै लगिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com