आज उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन, जाडो यामको औपचारिक पहिलो दिन


प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार

आज अमेरिका लगायत उत्तरी गोलार्द्धमा बर्षकै छोटो दिन हो । जाडो यामको औपचारिक पहिलो दिन भएकाले यसलाई विन्टर सक्रान्तिसमेत भन्ने गरिन्छ । विगत ६ महिनादेखि उत्तरी गोलार्द्धमा दिनहरु छोंटा र रातहरु लामा हुँदै गएका थिए ।

आज सूर्य ठ्याक्कै मकररेखामाथि किरण पर्नेगरी सबैभन्दा बढी दक्षिणी क्षेत्रबाट उदाउने भएकाले उत्तरी गोलार्द्धमा सबैभन्दा छोंटो दिन र दक्षिणी गोलार्द्धमा सबैभन्दा लामो दिन हुने गर्छ । अष्ट्रेलिया, चिली, दक्षिण अफ्रिका लगायतका दक्षिणी गोलार्द्धमा गर्मी मौषमको सुरुवात हुनेगर्छ ।

यो संक्रान्ति सामान्यतया डिसेम्बर २१ मा पर्नेगर्छ । तर सधै डिसेम्बर २१ मा नै पर्ने ग्यारेन्टी भने हुँदैन । यसको गणना सौर्यबर्षका आधारमा हुने भएकाले हाम्रो क्यालेण्डरसँग ठ्याक्कै नमिलेर केही दिन यताउता समेत हुनेगर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विन्टर सक्रान्तिको ठ्याक्कै सुरुवात यसपटक डिसेम्बर २१ मंगलबार युनिभर्सल समय ३ बजेर ५९ मिनेटमा हुन्छ । न्युयोर्क समय अनुशार भने विहान १० बजेर ५९ मिनेट जाँदा हुन्छ । गतबर्ष विन्टर सक्रान्ति सुरु भएको झण्डै ६ घण्टापछि यो बर्ष विन्टर सक्रान्ति सुरु हुन्छ ।

हाम्रो ग्रह घुमाउरो अक्षमा रहेकाले हामीले पृथ्वीमा ऋतुहरुको अनुभव गर्छौ । जब पृथ्वी सूर्यतिर झुक्छ तब पृथ्वीमा गर्मीयामको अनुभव हुन्छ भने जब पृथ्वी सूर्यबाट अर्कोदिशामा झुक्छ, गर्मीयामको अनुभव हुन्छ । पृथ्वीको उत्तरी गोलार्द्धमा एउटा मौषम हुँदा दक्षिणी गोलार्द्धमा अर्काे मौषम पनि यही झुकाइका कारणले हुनेगर्छ ।

वैज्ञानिकहरुपनि यो झुकाइको कारणबारे निश्चित छैनन् । तर करोडौंबर्ष अगाडि सौर्यमण्डलले आकार लिदै गर्दा हिंश्रक टकरावका कारण अक्षमा यो झुकावको अवस्था आएको थियो । सूर्यको किरण सिधै भूमध्यरेखामा पर्दा वसन्त र शरद ऋतु हुनेगर्छ । यी ऋतुमा दिन र रात बराबर हुनेगर्छन् ।

सूर्यको किरण सुदुरउत्तरको कर्करेखामाथि हुन्छ, तब समरको सुरुवात हुन्छ । त्यसैबेलादेखि उत्तरी गोलाद्र्धमा गर्मी मौषमको सुरुवात हुन्छ भने सबैभन्दा लामो दिन पछि पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com