औषधिको मूल्यवृद्धि गरिएका छैनौँ : औषधि व्यवसायी सङ्घ


प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार

नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति सङ्घ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार हाल देशमा ९६ प्रकारका औषधिका मूल्यसमेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

सङ्घले नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिको मूल्य उत्पादक आफैले निर्धारण गर्ने प्रचलनअनुसार देशमा पनि आयात गरिने औषधिमा सरकारले तोकेबाहेक अन्यमा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध गरेको ।

सङ्घले विद्यमान कानुनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन/प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अपिल गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com