पहिले आप्रवासी भिसा जारी भएर अमेरिका आउन नपाएकालाई नयाँ आप्रवासी भिसामा अन्तरवार्ता छुट


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

पहिले आप्रवासी भिसा जारी भएर कुनै कारणवश अमेरिका आउन नपाएकाहरुले पुन आप्रवासी भिसाको आवेदन दिएको खण्डमा उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिइने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर १३ बाट लागु हुनेगरी यो अन्तिम तर अस्थायी नियमको घोषणा गरेको हो ।

यो नियम सन् २०२३ को डिसेम्बर १३ सम्म लागु हुनेछ । सन् २०१९ को अगस्त ४ पछि आप्रवासी भिसा स्वीकृत भएकाहरुका सन्दर्भमा मात्र यो नियम लागु हुनेछ । त्यसभन्दा अगाडि आप्रवासी भिसा स्वीकृत भएकाहरुले भने भिसा अन्तरवार्ताको प्रकृयामार्फत नै जानुपर्ने जनाइएको छ । योग्य आप्रवासी भिसा आवेदकहरु दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ताका लागि उपस्थीत हुन नपर्ने र थप जानकारी आवश्यक परेमा फोन वा इमेलमार्फत समेत मागिने जनाइएको छ ।

विगतमा आप्रवासी भिसा स्वीकृत भएकै श्रेणीमा नयाँ आप्रवासी भिसा लिनु परेको खण्डमामात्र भिसा अन्तरवार्तामा छुट दिइनेछ । तर मूल आवेदकको मृत्यु भएको वा मूल आवेदकले अमेरिकी नागरिकता लिएको खण्डमा स्वत आप्रवासी भिसाको श्रेणी परिवर्तन भएको खण्डमा पनि त्यस्ता आवेदकलाई अन्तरवार्तामा छुट दिइनेछ । त्यस्तै पहिले स्वीकृत भएको पेटिसनका आधारमा नयाँ आप्रवासी भिसा लिनेहरुलाई पनि अन्तरवार्तामा छुट दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारी कम भएपछि यो नियम आवश्यक नपर्ने अमेरिकी विदेश मन्त्रालयको ठहर छ । २४ महिना आवेदनहरु प्रकृयामा लैजानका लागि प्रयाप्त समत भएको विदेश मन्त्रालयको विश्वास रहेको छ । कोरोनाको महामारीका कारण उत्पन्न कठिनायी र बेलाबेलामा विभिन्न देशहरुमाथि लगाइएका यात्रा प्रतिबन्धहरुका कारण विगतमा आप्रवासी भिसा प्राप्त गरेकाहरु पनि अमेरिका आउन पाएका थिएनन् । भिसा प्राप्त गरेको ६ महिनाभित्र अमेरिका आउनुपर्ने भएकाले उक्त अवधिमा अमेरिका आउन नसकेकाहरुका लागि नयाँ आप्रवासी भिसाको आवेदन आवश्यक पर्छ । उनीहरुलाई नै अन्तरवार्तामा छुटको घोषणा गरिएको हो ।

विगतमा आप्रवासी भिसा लिएर भिसा अवधिभित्र अमेरिका आउन नसकेकाहरुले नयाँ भिसाका लागि आवेदन दिंदा डीएस २६० वा डीएस २३० फर्म भर्नुपर्छ भने नयाँ शुल्क समेत तिर्नुपर्छ । नयाँ नियमले भर्नुपर्ने फर्म र शुल्कका सन्दर्भमा भने कुनै परिवर्तन गरेको छैन । अहिले अमेरिकी दूतावास र कन्सुलेटहरुमा विभिन्न प्रकारका भिसाको उच्च माग र ठूलो ब्याकलग रहेको सन्दर्भमा यो नियमले केही राहत अनुभव हुने अपेक्षा गरिएको छ ।

सन् २०१९ को अगस्त ४ देखि सन् २०२१ को सेप्टेम्बर ३० सम्म आप्रवासी भिसा पाएका झण्डै ४९ हजार आप्रवासीहरु अमेरिका आएका छैनन् । सन् २०१९ को अगस्त ४ देखि सन् २०२१ को मे ३१ सम्म भिसा पाएका झण्डै ११ हजारको आप्रवासी भिसा अवधि समाप्त भइसकेको छ भने उनीहरु अमेरिका आएका छैनन् । सन् २०१९ को अगस्त ४ देखि सन् २०२१ को सेप्टेम्बर ३० सम्म अमेरिका आउने क्रममा कम्तीमा २४४ जनालाई विमानस्थलबाट अमेरिका प्रवेश नदिई फिर्ता पठाइएको छ । उनीहरुमध्ये कैयन समेत नयाँ भिसाका लागि योग्य हुने विदेश मन्त्रालयको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com