अमेरिकाभित्र हुने एसाइलीका दम्पत्ति र छोराछोरीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने नियम खारेज


प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार

युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थी स्टाटस स्वीकृत भएका व्यक्तिका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि आई ७३० आवेदन फाइल गर्दा अन्तरवार्ता अनिवार्यको नियम खारेज गरेको छ । सन् २०२० को नोभेम्बरमा ल्याइएको नीति अनुशार अमेरिकाभित्र हुने सबै आई ७३० आवेदनका सन्दर्भमा अन्तरवार्ता अनिवार्यको नियम ल्याइएको थियो ।

विगतमा एसाइलम गरेका व्यक्तिका परिवार अमेरिकामा नै भएको खण्डमा उनीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि युएससीआईएसका अधिकारीसमक्ष थप अन्तरवार्ता दिनु नपर्ने र  मुख्य आवेदकको एसाइलम आवेदन स्वीकृत भएको खण्डमा मुख्य आवेदकसँगै उसका श्रीमान् वा श्रीमति र छोराछोरीहरुले ग्रिनकार्ड प्राप्त गर्न सक्ने भएपनि गतबर्षदेखि भने मुख्य आवेदकको एसाइलम स्वीकृत भएको खण्डमा पनि उसका श्रीमान् वा श्रीमति र छोराछोरीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि युएससीआईएसका अधिकारीहरुसमक्ष अन्तरवार्ता दिनुपर्ने नियम ल्याइएको थियो । यदि अन्तरवार्ताका क्रममा मुख्य आवेदकले सुरुमा पेश गरेका विवरणहरु बाझिएमा युएससीआइएसले ग्रिनकार्ड स्वीकृत नगर्न सक्ने सम्भावना थियो ।

उक्त नियम आजैदेखि लागु हुनेगरी तत्काल खारेज गरिएको छ । अब अमेरिकाभित्र हुने एसाइली वा शरणार्थी स्टाटस प्राप्त व्यक्तिका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले विना अन्तरवार्ता नै प्राथमिक आवेदकमा आधारित एसाइली वा शरणार्थीको स्टाटस प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाभित्र हुने आई ७३० आवेदकलाई अन्तरवार्ता आवश्यक भए नभएको निर्धारण गर्न पहिलेकै जस्तो केस अनुशार निर्धारण गरिने युएससीआईएसले जनाएको छ । आवश्यक आवेदनका सन्दर्भमा युएससीआईएसले अन्तरवार्ताका लागि बोलाउन सक्नेछ भने अन्य आवेदनमा अन्तरवार्ता छुट दिइनेछ ।

युएससीआईएसले सबैलाई अन्तरवार्ता अनिवार्य गर्ने नियमबेगर पनि जालजासी रोक्ने लगायत कडा सुरक्षा जाँच गर्नसक्ने जनाएको छ । कुनै आवेदकका सन्दर्भमा अन्तरवार्ता आवश्यक भएमा भने त्यस्तो अन्तरवार्ता लिन पाउने अधिकार युएससीआईएसमा सुरक्षित रहेको छ ।

अमेरिकामा एसाइली वा शरणार्थीको स्टाटस प्राप्त गरिसकेका व्यक्तिले छोराछोरी र दम्पत्तिका लागि आई ७३० आवेदन फाइल गर्दा उनीहरु प्राथमिकत एसाइली वा शरणार्थीसरह अलग्गै योग्य हुनु पर्दैन । तर उनीहरुले प्राथमिक आवेदकसँगको सम्बन्ध भने पुष्टी गर्नुपर्छ । साथै सुरक्षा पृष्ठभूमि लगायतका जाँच पनि उत्तिर्ण गर्नुपर्छ ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने दूतावास वा कन्सुलेटमा अन्तरवार्ता आवश्यक पर्नेछ । सन् २०१८ देखि अमेरिकाभित्र हुनेलाई अन्तरवार्ता आवश्यकको नियम ल्याइएपनि सन् २०२० को नोभेम्बरसम्म अन्तरवार्ता अनिवार्य गरिएको थिएन । तर गतबर्षको नोभेम्बरबाट अमेरिकाभित्र हुनेहरुलाई पनि अन्तरवार्ता अनिवार्यको नियम ल्याइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com