अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री सर्वसम्मत, बेलायतमा ज्ञानचन्द्र आचार्य, भारतमा शंकर शर्मा


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए ।

सरकारले ११ कात्तिकमा भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत प्रस्ताव गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि ५ मंसीरलाई तोकिएको संसदीय सुनुवाइको कार्यक्रम सांसदहरूको कोरम नपुगेको भन्दै १७ मंसिर लागि सरेको थियो। तर उक्त दिन पनि नेपाली कांग्रेसका सांसद्हरू महाधिवेशन तयारीका लागि जुटेको भन्दै सुनुवाइको मिति फेरि मंसिर २० का लागि सरेको थियो।

संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

५ असोजमा सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै २३ देशका दूतावास नेतृत्वविहीन छन्। तीन देशका लागि राजदूतको नाम अनुमोद गरिएपनि सरकारले अन्य २० देशका लागि राजदूत सिफारिस गर्न सकेको छैन।

को हुन् खत्री, शर्मा र आचार्य ?

राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रही सकेका क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्।

खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहिसकेका छन् । खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।

उनले अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर यस क्षेत्रको रणनीतिक अध्ययनसमेत गरेका छन् । उनी अझै पनि कतिपय त्यस्ता अध्ययन गर्ने विश्‍वविद्यालय र निकायसँग निकट छन् । उनकै संयोजकत्वमा परराष्ट्र नीति पुनरवलोकन उच्चस्तरीय समिति बनेको थियो । उनी नेतृत्वको टोलीले कूटनीतिक सुधार र कार्यान्वयन गर्न प्रतिवेदन दिएको थियो ।

डाक्टर शंकर शर्मा अमेरिकाका लागि पूर्व नेपाली राजदूत समेत हुन् । उनले युनिभर्सिटी अफ हवाईबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए । उनी सन् २००२ देखि २००६ सम्म राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत थिए ।

ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा अल्प विकशित, भूपरिबेष्ठित विकाशोन्मुख र साना टापु विकाशोन्मुख मुलुकका लागि उच्च प्रतिनिधि रहेका थिए । उनी सन् २०१२ मा राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनबाट नियुक्त भएका थिए । त्योभन्दा अगाडि उनी संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कमा राजदूत रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com