देशभरका शिवालयमा शतबीज छर्नेको भीड


प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार

;tfIfLwfddf ztaLh 5b{} eQmhg bds, !& dªl;/ M afnfrt'{bzLsf lbg z’qmaf/ emfkfsf] ;tfIfLwfddf ztaLh 5b{} eQmhg . tl:a/M o1/fh cfËb]Da]÷/f;;

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी, कैलाशडाँडा, हंशमण्डप, वाग्मती किनार र गौरीघाट क्षेत्रमा रातभर पितृको सद्गतिको कामना गर्दै बत्ती बालेर बसेका भक्तजनले आज बिहान शतबीज छरेका छन् ।

बाला चतुर्दशी मेलामा आएका भक्तजनका लागि पाललगायत सुविधा दिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । विभिन्न संस्थाले पशुपति क्षेत्रमा विभिन्न संस्थाले स्वास्थ्य शिविरको समेत आयोजना गरेका थिए ।

गत वर्ष भने पशुपति क्षेत्रमा त्रयोदशीको राति अखण्ड दीपदान गर्न निषेध गरिएको थियो । चतुर्दशीका दिन बिहान शतबीज छर्न भने खुला गरिएको थियो । कोरोना जोखिम कायमै रहेकाले राजधानीका अन्य शिवालयमा दूरी कायम गरी दीपदान गर्न बसेका भक्तजन पनि धेरै थिए । राजधानीलगायत देशभरका शिवालयमा बिहीबार बेलुका दीपदान र आज बिहान शतबीज छर्न भक्तजनको भीड लागेको थियो । कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शतबीज छरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज ९धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो,छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । शतबीजमा अरु अन्न नराखी धानका सय गेडा चढाउनुपर्ने हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार पहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ । शतबीज उम्रने खुला ठाउँमा छर्नुपर्ने भए पनि पशुपति क्षेत्रमा ढुङ्गा र इँटा राखेका स्थानमा समेत छरेको देखिन्छ । कोषले खुला उम्रने स्थानमा मात्र छर्न गरेको आह्वान कार्यान्वयन भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com