एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना !


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो ।   पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ ।

पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित हुनुभएको छ । पाण्डे र थापा पूर्वमन्त्री हुनुहुन्छ । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकमा थापा र सहसंयोजक पाण्डे रहनुभएको थियो । बागमती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ जिल्ला अध्यक्ष हुनुहुन्छ ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगरप्रमुख प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य ज्ञवालीले यति धेरै सङ्ख्यामा केन्द्रीय समितिमा जिल्लाबाट प्रतिनिधित्व पहिलो पटक भएको बताउनुभयो ।

यही मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो । बन्दसत्रमा सहमति गर्ने प्रयास गरिएको भए पनि असफल भएपछि निर्वाचन गरिएको थियो । निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका जिल्लाका १० नेता केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com