अष्ट्रेलिया जान लागेका नेपाली पनि रोकिए,डिसेम्बर १५ सम्म प्रवेश नपाउने


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको सरकारले यसअघि  (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो । तर नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने अस्ट्रेलिया सरकारले निर्णय गरेको हो ।

प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् । यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।

यसअघिको निर्णयले अनुसार नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com