कोरोनाका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर पुनःसुरु


प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए ।

चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम यादव नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको समूहले बन्ध्याकरण गरेको हो ।

शिविरमा २२ जना पुरुषको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गरिएको छ । तीन जना महिलाको अस्थायी बन्ध्याकरण ९इम्प्लान्ट० राखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी आचार्यले जानकारी दिनुभयोे । शिविर यही मङ्सिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र १४ गते धौलागिरि अस्पताल बागलुङमा शिविर सञ्चालन हुँदैछ ।

“लामो समय रोकिएकाले यसपटक ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य हो”, जनस्वास्थ्य निरीक्षक आचार्यले भन्नुभयो, “हामी लक्ष्यभन्दा धेरैको बन्ध्याकरण गर्छौं ।” गत आर्थिक वर्षमा बुर्तिबाङमा भएको शिविरमा आठ जनाको मात्रै बन्ध्याकरण भएको थियो । त्यसयताका शिविर कोरोना त्रासका कारण सञ्चालन हुन सकेका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com