१ लाख ९४ हजारभन्दा बढी अमेरिकी डलरसहित छिरिङ पोखराबाट पक्राउ


प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार

कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा रु दुई करोड ३२ लाख छ हजार हुन आउँछ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत  पोखरा आउने र हवाईजहाज चढेर काठमाडौँ जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com