एमालेको १० औँ महाधिवेशन : सौराहामा तीन हजार ५०० कोठा बुकिङ


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ ।

सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पु-याउन मुस्किल परेको छ । यतिबेलाका लागि पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,“कोठा पु¥याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन ।” कोठाको व्यवस्थापनमा जुट्नु भएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारीदिनुभयो । उहाँका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पु-याउन कठिन भएको छ । स्वयंसेवकका लागि भरतपुरमासमेत कोठा खोज्ने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ ।”

व्यवसायीले सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन् । सङ्घले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिने गरी सम्झौता गरेको छ । महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन् । यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ । कोठा व्यवस्थापन गर्न कठिन छ ।”

क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ ।” कोठा नभएपछि व्यवस्थापन कठिन भएको उहाँको भनाइ छ । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उहाँको भनाइ छ ।

सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ । पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउछन् ।

सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन् । अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन् । रासस

#एमालेको-आसन्न-१०-औँ-महाधिवेशन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com