बाबुले आफ्नै छोराछोरीमाथि गरे एसिड प्रहार ,छोराको अवस्था गम्भीर


प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार

सदरमुकाम सल्लेरीमा एक बाबुको एसिड प्रहारबाट छोराछोरीहरू घाइते भएका छन् ।  सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ वसन्तबजारमा बस्दै आएका ५५ वर्षीय मोहन बराइलीले गएराति ८ बजेतिर आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका हुन् ।

एसिड लागेर उनका २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर रहेको छ भने दुवैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने बाबुचाहिँ प्रहरीको नियन्त्रणमा छन् ।

प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरेर एसिड प्रहार गरेको खुलेको छ, थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com