उचित कारण दिएमा अमेरिकी नागरिकताको सपथ परिमार्जनसहित लिन सकिने


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

आवेदकले उचित कारण दिएमा अमेरिकी नागरिकताको सपथ परिमार्जनसहित लिन सकिने तर मौखिक रुपमा उचित कारण दिन नसकेको खण्डमा त्यस्ता आवेदकलाई थप कागजात पेश गर्न रिक्वेष्ट फर ईभिडेन्स (आरएफई) जारी गरिने युएससीआईएसले स्पष्ट पारेको छ । नयाँ नीति अनुशार अन्तरवार्ताको बेलामा आवेदकले नागरिकताको सपथ परिमार्जनसहित लिनका लागि मौखिक बयान वा अन्य प्रमाण दिन नसकेमा त्यस्ता आवेदकलाई सपथ परिमार्जनका लागि तत्काल अयोग्य ठहराइन नहुने स्पष्ट पारिएको छ ।

यदि नागरिकता अन्तरवार्ताको बेलामा आवेदकले नागरिकता लिने बेलाको सपथ परिमार्जनसहित लिन चाहेमा तर अन्तरवार्ताका बेलामा त्यस्तो परिमार्जनका लागि योग्य हुने मौखिक बयान वा लिखित प्रमाण पेश गर्न नसकेको खण्डमा त्यस्ता आवेदकका लागि युएससीआईएसका अधिकारीले थप प्रमाण पेश गर्ने मौकासहित आरएफई जारी गर्नुपर्नेछ । त्यसपछि आवेदकले सपथ परिमार्जनका लागि योग्य हुने बयान वा प्रमाण पेश गर्ने मौका मिल्नेछ ।

अमेरिकी नागरिकताको अन्तरवार्ताका बेलामा आवेदकले आफू नागरिकताका लागि तय भएको सपथ लिन तयार रहेको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्छ । तर कोही आवेदकले धार्मिक, नैतिक वा अन्य मूल्यमान्यताका आधारमा कानूनले तोकेको सपथग्रहण गर्न नसक्ने अवस्था भएमा उसले सपथमा परिमार्जनका लागि अनुरोध गर्न सक्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै धार्मिक समुहको सदस्य बन्दैमा सपथ परिमार्जनका लागि स्वत योग्य हुने व्यवस्था भने छैन । आवेदकको धार्मिक मान्यता र जीवनको महत्व बराबर रहेको वास्तविक र अर्थपूर्ण धार्मिक विश्वास रहेको खण्डमा मात्र आवेदक सपथ परिमाजर्नका लागि योग्य हुनसक्छन् । यद्यपी युएससीआईएसका अधिकारीले आवेदकको धार्मिक विश्वास सत्यता, औचित्य लगायतका विषयमा भने प्रश्न गर्न पाइनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com