‘म ठूलो भन्ने प्रवृत्तिले कम्युनिष्ट एकता टिकेन’


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाउनुभयो ।

पार्टीको आन्तरिक कार्यक्रममा बोल्दै उहाँले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशमा सबै कम्युनिष्ट एक हुनुपर्ने जनभावना भए पनि केही ठूला नेताले आफू मात्रै ठूलो र अरू सबै साना देख्ने प्रवृत्तिका कारण कम्युनिष्ट एक हुन सकेनन्, जसको उदाहरण नेकपा एकता कायम नहुनु हो ।”

माओवादी विसं २०६४ मा देशकै ठूलो पार्टी भए पनि जनभावनाअनुसार काम गर्न नसक्दा तेस्रो दलमा झरेको स्मरण गर्दै उहाँले अब पुनः नेकपा माओवादी २०६४ सालको जस्तै देशमै सबै पार्टीभन्दा ठूलो दल हुनेसमेत जिकिर गर्नुभयो । “हामीले अहिले जनभावनाअनुसार सबै क्षेत्रमा काम गरेका छौँ”, उहाँले भन्नुभयो, “अब माओवादी २०६४ सालको जस्तै देशको ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशमा आमूल परिर्वत ल्याउन ठूलो योगदान दिएकाले नागरिकले पनि माओवादीलाई पुनः ठूलो दल बनाउन साथ दिने उहाँको विश्वास थियो । माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम क्षेत्रमा नागरिकले देख्ने गरी विकास गरेकाले पछिल्लो सयम नागरिक माओवादीप्रति आकर्षित हुन थालेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com